प्रचण्डले थापेको च्याखे भत्किने गरी योगेश भट्टराईले हाने अर्को जाल,अब प्रचण्डलाई एकता बन्ने भयो काल



हाम्रो इकोनोमि

एमाले सचिव एवं प्रवक्ता योगेश भट्टराईले माओवादी केन्द्रसँग एकतापछिको महाधिवेशनमा नेतृत्वबारे अहिले नै घोषणा गर्न नसकिने बताएका छन्।

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भट्टराईले समान अस्तित्वका आधारमा पार्टी एकता हुने तर भविष्यमा फलानो अध्यक्ष हुन्छ भनेर घोषणा गर्न नमिल्ने बताए।

उनले भने, ‘कुनै डाइनेष्टीमा पहिल्यै उत्तराधिकारी घोषणा हुन्छ। लोकतान्त्रिक पार्टीमा यस्तो हुँदैन। जो पनि अध्यक्ष हुन सक्छ। अरु नेता र कार्यकर्ताको व्यवस्थापन हुनुपर्छ।’

राजनीतिक दस्तावेज तयार भइसकेको तर संगठनको गणित र साझा मनोविज्ञान मिलाउन बाँकी रहेको जानकारी दिँदै सचिव भटृराईले भने, ‘विगतमा अल्मलिएर होइन आगामी बाटोलाई प्राथमिकताका साथ जान हामीबीच कुनै विमति छैन। यहाँ कति हिस्सा भन्‍ने समस्या पनि छैन, एकता भएपछि दुवै पक्षलाई सिंगो पार्टी र शतप्रतिशत सबैको हुन्छ। पचास वा अरु प्रतिशतमा अल्मलिनु पर्दैन।’

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...