यसो गरे मात्र पार्टी एकता हुन्छ भनेर बोल्न ओलीले लगाए खेताला,के यहि तालले अब होला र एकता



हाम्रो इकोनोमि

रक्षामन्त्री एवंं नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी एकतालाई प्रतिशतमा भागवण्डा गर्न नमिल्ने बताएका छन्।

मंगलबार मजदूर दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टी एकता समानताका आधारमा हुने दावी गरे। ‘एमाले र माओवादी केन्द्रबीचको एकता समानताका आधारमा हुन्छ’, उनले भने, ‘यति प्रतिशत, उति प्रतिशत भनेर तोकेर एकता हुँदैन।’ उनले दुवै पार्टीका नेता, कार्यकर्तालाई न्याय र सम्मान गर्नेगरी एकता हुने दावी गरे।

दुई पार्टीको एकता अनिवार्य रहेको भन्दै महासचिव पोखरेलले एकता हुनेमा शंका नगर्न नेता कार्यकर्तालाई आग्रह समेत गरे। एकताबाट भाग्ने छुट दुवै पार्टीका नेतालाई नभएको भन्दै उनले दुई कम्युनिष्ट पार्टीबीचको एकता मुलुकको आवश्यक्ता र जनताको चाहना भएको उल्लेख गरे।

रक्षामन्त्री पोखरेलले आर्थिक विकास र समृद्धिको दिशामा अघि बढन पनि सबै मजदुर संगठनहरुलाई आग्रह गरे। जनताको आकांक्षालाई पूरा गर्ने प्रतिवद्धता पूरा गर्ने ‘काउन डाउन’ सुरु भएकाले सोही अनुसार काम गर्ने उनको दावी थियो।

रक्षामन्त्री पोखरेलले जनताको अपेक्षा अनुसार काम नगर्ने राजनीतिक दलहरुको भविष्य नरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...