काठमाडौँ बाट एअरपोर्ट काभ्रे सार्न ओली सरकारले थाल्यो तयारी,पर्यटनमन्त्री उत्रिए मैदान



हाम्रो इकोनोमि

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई चाप बढिरहेको बेला सरकारले राजधानी नजिकै अर्को डोमेस्टिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन थालेको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारी नेतृत्वको टोलीले मंगलबार सम्भावित विमानस्थल निर्माणस्थलका लागि काभ्रेको ठुलीचौर, चिसापानी ठिलीचौर एवं बनेपाको नागीडाँडाको स्थलगत अवलोकन गरेको हो।

‘विज्ञको सहयोगमा विमानस्थल निर्माणस्थल छनौट गरिनेछ’, मन्त्री अधिकारीले भनेका छन्।

राजधानीस्थित एक मात्र त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करिब ४ सय उडान-अवतरण हुन्छन्। बढ्दाे उडानका कारणा विमानस्थल अस्तव्यस्त बन्दै गएकाे छ।

दैनिक १३ सय यात्रु क्लियर गर्ने क्षमता राख्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल पिक आवरमा २५ सय भन्दा बढी यात्रु हुने गरेका छन्। एयर ट्राफिकका कारण घन्टाैंसम्म विमान अाकाशमा हाेल्ड हुनुपर्ने अवस्था छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...