गोल्ड डन गोरेलाई जोगाउन पूर्व गृहमन्त्री र आइजीपी चलखेल गर्दै,भारतीय दुताबास समेत मुछियो,गोरे क्यासिनोमा



साढे ३३ किलो सुन तस्करी प्रकरण अहिले नाटकीय मोडमा आएर अड्किएको छ । पहिलो चरणको अनुसन्धान सकिएको भनिएको साढे ३३ किलो सुन प्रकरणका मुख्य योजनाकार गोल्ड डन गोरे अर्थात चुँडामणि उप्रेतीले अहिलेसम्म प्रहरीलाई चक्मा दिइरहेका छन् । घटनाको अनुसन्धानका क्रममा प्रहरीकै उच्च अधिकृतहरु भटाभट पक्राउ परे पनि विशेष अनुसन्धान टोलीले गोरेको गन्ध समेत पाउन सकिरहेको छैन । पूर्व आइजीपी प्रकाश अर्याल र उपेन्द्र कान्त अर्याल समेत तानिने भए पछी गोरेलाई प्रहरीको उच्च तहले राजनीतिक दबाबमा गोरेलाई समात्न आनाकानी गरेको हो। गोरेलाई जोगाउन कांग्रेस नेता कृष्ण सिटौला देखी मिनेन्द्र रिजाल सम्म लागेका छन भने प्रधानमन्त्री केपी ओलीलाई समेत गोरेलाई जोगाउन तिब्र दबाब परेको श्रोतको भनाइ छ। सिक्किमका मुख्य मंत्री पवन चामलिंगका छोरा संग क्यासिनो व्यापारका साझेदार समेत रहेका गोरेलाई नचलाउन भारतीय दुताबासले समेत दबाब दिएको श्रोतको भनाइ छ।उपल्लो तहका प्रहरी संग नियमित सम्पर्कमा रहेका गोरेलाई सुन पानी छर्कन अनेक प्रपन्च भएको र गोरे यतिबेला सिक्किममा रहेको सूचना प्रहरीलाई भए पनि गोरेलाई जाक्न प्रहरीले हिम्मत नगरेको भरपर्दो श्रोतले बतायो।

मोरङ, उर्लाबारीका घर भएका ‘गोल्ड डन’ गोरे र हराएको साढे ३३ किलो सुन कहाँ पुग्यो र गोरे कहाँ छन् ? अझैसम्म पनि प्रहरीले भेउसम्म पाउन सकेको छैन । घटनाको अनुसन्धान गर्न गठित गृह मन्त्रालयको सहसचिव ईश्वर पौडेल नेतृत्वको छानबिन समितिले हालसम्म २८ जना व्यक्तिलाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेमा आधा दर्जन बहालवाला प्रहरी र उच्च प्रहरी अधिकारी छन् ।

तर, तस्कर गोरे अझै प्रहरीको फरार सूचीमै छन् । छानबिन समितिले आइतबार मात्रै विराटनगर पुगेका अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक प्रजित केसीलाई पक्राउ गरेको छ । यसअघि, पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) गोविन्द निरौला, मनवानपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विकासराज खनाल, इटहरीमा कार्यरत प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरी नायव निरीक्षक बालकृष्ण सञ्जेल र प्रहरी जवान विष्णु खड्का पक्राउ परिसकेका छन् ।

यस्तै, सुन व्यवसायी आरके ज्वेलर्सका मालिक राजेन्द्र शाक्य, जयमातादी डोल्डका सञ्चालन पवन अग्रवालसमेत पक्राउ परिसकेका छन् । केही प्रहरी अधिकारीमाथि समेत छानबिन प्रक्रिया थालिएको छानबिन समितिले जनाएको छ । यसरी सोही घटनामा प्रकाउ हुनेको सख्या २८ जनाभन्दा बढी पुगेको र चुँडामणि उप्रेतीको खोजी भएको प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले बताएका छन् । तर, उप्रेती भने भारततिर लुकेर बसेको हुन सक्ने प्रहरीको आशंका छ । यतिका प्रहरी अधिकारीहरुमाथि छानविन गर्दा र बयान समेत लिंदा समेत सुन तस्करका नाइके गोरेबारे कुनै जानकारी अहिलेसम्म बाहिर आउन नसक्नु छानविन समितिका लागि समेत चुनौतीको विषय बन्दै गएको छ ।

तीनको मृत्यु

स्करीको ३३ किलो सुन विमानस्थलबाट बाहिर ल्याएका थिए थाई एयरवेजमा वरिष्ठ प्राविधिक सानु वनले । वनले ल्याएको सुन एयरपोर्टबाट निस्किएपछि सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । २२ माघमा सुन गायब भएपछि सुनका मालिन गोरेलगायतको समूहको टर्चर सहन नसकेर उनले गुड्दै गरेको ट्याङ्करमा ठोक्किएर आत्महत्या गरेका थिए । वनपछि उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो । उनी गोरेको नजिकको सहयोगी थिए ।

उनीबाट हराएको सुनको सूचना फुत्काउने कोशिसका क्रममा करेन्ट लगाएर टर्चर दिँदा शाक्यको मृत्यु भएको प्रहरी अनुमान छ । शाक्यको शव अपराध महाशाखाको प्रहरी टोलीले इटहरीबाट बरामद गरेको थियो । त्यसलगत्तै पक्राउ परेका बर्दियाको राजापुर नगरपालिका–७ का प्रेमराज चौधरीले महानगरीय प्रहरी वृत्त अनामनगरको हिरासतमा आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्