यस कारण सर्वोच्च अदालतमा सोमबार दिनभर पूजा र हवन गरियो,घुस खाए सात पुस्तालाई पिरोल्ने यन्त्र जोडियो



सोमबार बुद्ध जयन्ती परेकाले सबै सरकारी कार्यालय बन्द भए। तर, सर्वोच्च अदालतमा भने सोमबार पनि खुल्यो। बुद्ध जयन्तीको दिन पनि सर्वोच्च खुला गरिनुको कारण थियो, श्रीयन्त्र प्रतिस्थापनका लागि पूजा अर्चना।

सर्वोच्चको पुरानो भवनको भुइँतलामा कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसहित सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीश तथा कर्मचारीले दिनभर नै पूजा गरे । पशुपतिनाथबाट ल्याइएको तामा र पित्तल मिसिएको श्रीयन्त्रको प्रतिस्थापनका लागि प्रधानन्यायाधीश जोशीको सक्रियतामा हवन गरिएको सर्वोच्च प्रशासनको भनाइ छ ।

हिन्दू धर्ममा श्री लेखिएको यन्त्रलाई भगवान शिवको तेस्रो आँखा मानिन्छ । न्याय क्षेत्रमा श्री यन्त्रलाई सत्य, न्याय र शान्तिको प्रतिकको रुपमा लिने गरिन्छ । न्यायको जगेर्ना र न्यापालिकको संरक्षणका लागि कामु प्रधानन्यायाधीश जोशीले विशेष पूजा अर्चना गरेर सर्वोच्चमा श्री यन्त्र स्थापित गरेका हुन् ।

नेपालमा २००८ सालमा प्रधानन्यायालको स्थापनापछि तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले रानीपोखरीमा रहेको अदालतमा श्रीयन्त्र स्थापित गरेका थिए । यो हनुमान ढोकामा रहको मल्लकालीन अदालत इटाचपली र लोटलिङको अभ्यासको निरन्तरता थियो ।

रानी पोखरीबाट रामशाहपथमा सर्वोच्च अदालत सरे पनि श्रीयन्त्रको स्थापना र पुजा अर्चना हुँदै आएको थियो । २०३८ सालमा नयनबहादुर खत्री प्रधानन्यायाधीश भएकाले बेला मर्मत सम्भारका क्रममा श्रीयन्त्र झिकिए पनि प्रतिस्थापन हुन सकेको थिएन ।

पछिल्लो समय न्यायालयको चौतर्फी आलोचना भइरहेका बेला कामु प्रधानन्यायाधीशले न्यायको जगेर्ना र अदालतको सम्मानका लागि श्रीयन्त्र प्रस्थापन गराएका हुन् ।

श्रीयन्त्रलाई साक्षी राखेर काम गर्दा घुुस खान नहुने, अनैतिक काम गर्न नहुने गरे आफूलाई मात्र नभइ सन्तानलाई समेत नास गर्ने धार्मिक विश्वास रही आएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्