दिल्लीबाट सिधै जनकपुर उत्रने मोदीले फेरि भने-‘भारत बुद्धको देश हो’,ओलीले मोदीको सातो लिने



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिधैं जनकपुर उत्रने भएका छन्। वैशाख २८ गतेदेखि दुई दिनसम्म हुने नेपाल भ्रमणका लागि मोदी काठमाडौं नआई सिधैं हेलिकप्टरबाट जनकरपुरधाम उत्रने भएका हुन्।

मंगलबार मोदीले दशर्न गर्ने जानकी मन्दिर र नागरिक अभिनन्द हुने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि गृहमन्त्री रामबहादुर थापाले पत्रकार सम्मेलनमार्फत मोदी सिधै जनकपुर ओर्लने जानकारी दिएका हुन्।

मोदीको स्वागतका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि वैशाख २८ गते जनकपुर पुग्‍ने भएका छन्।

उनले मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको स्पष्ट बताए। भ्रमणका लागि सु्रक्षाको तयारी भइरहेको गृहमन्त्री थापाले जनाए।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ‘भारत बुद्धको देश हो’ भन्ने भारतको परिचय भएको बताएका छन्। बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदीले भने, ‘आज विश्वमा भारतको सर्वश्रेष्ठ परिचय हाम्रो भौतिक क्षेत्रमा भएको प्रगतिको साथैं हामी बुद्धको देश भएको कुराले पनि संसारमा भारतको महात्म्य बढाएको छ।’

‘भारतको भूमिबाट गौतम बुद्धले दिएको सन्देश आज संसारले अनुशरण गरेको छ,’ मोदीले भने। मोदीले गौतम बुद्ध भारतको संस्कृति र धरोहर भएको बताउँदै त्यसको रक्षाको लागि आफुहरु लागेको बताए।

लुम्बिनीमा सोमबार नै बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ‌ओलीले बुद्ध जन्मस्थलबारे केही देशले अनावश्यक भ्रम छरिरहेको बताएका थिए।

मोदीले भने, ‘बुद्ध हाम्रो विरासत हुन् र हामीले विरासतको रक्षा गर्नु पर्छ। जुन देशले आफ्नो धरोहरलाई रक्षा गर्न सक्दैन त्यो देश अगाडि बढ्न सक्दैन।बुद्ध दर्शन सँग सम्बन्धित ज्ञानलाई एकीकृत गर्न लाग्नु पर्छ, हाम्रा पुर्खाले २ हजार ५ सय वर्ष बौद्ध धरोहर संरक्षण गरेका थिए, अब धरोहर संरक्षण गर्ने जिम्मेवारी हाम्रो हो।’

मोदीले थपे, ‘भारतका १८ राज्यमा बुद्ध तिर्थस्थल छन्, त्यसको विकास गर्न ३ अर्ब ६० करोड (भारतीय) रुपैयाँ खर्च गर्न लागेका छौँ। स्वदेश दर्शन योजना अन्तर्गत उत्तर प्रदेश, बिहार, मध्य प्रदेश, आन्द्रा प्रदेश, गुजरातलगायतका राज्यलाई जोड्दै बुद्धिस्ट सर्किट बनाउन लागेका छौं।’

मोदीले अगाडि भने, ‘संसारका लाखौँ मानिहरु बुद्धबारे जान्न भारत आउने गर्छन, बौद्ध स्थललाई व्यवस्थित पर्यटकिय स्थल बनाउन हामी लागेका छौं।’

‘भारतमा मात्रै नभएर अन्य देशहरुमा रहेका बौद्ध संरचनाको संरक्षणमा हामी लागेका छौं,’ मोदीले भने, ‘भारत सरकारले म्यान्मार, लाओस, अफगानिस्तानको , कम्बोडिया भेतनाम, मंगोलिया लगायतका देशमा भएका बौद्ध दर्शन सँग सम्बन्धी पूर्वाधारको संरक्षण गर्न सहयोग गरिरहेको छ।’

‘हाम्रो संस्कृति धरोहरको बारेमा जानकारी पुगोस् पुगोस् भनेहाम्रो पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय कन्फेरेन्स गर्ने गर्ने गरेको छ, परिवहन मन्त्रालयले सडक पूर्वाधार बनाइरहेको छ। हामी बौद्ध धर्म र बौद्ध संरचनाको संरक्षणमा लागेका छौं,’ उनले भने।

तीन वर्ष अगाडि नेपालको संसदमा सम्बोधन गर्दै बुद्धको भूमिमा आउन पाउँदा खुसी लागेको मोदीले बताएका थिए।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्