देउवालाई सिध्याउन पौडेल र सिटौलाले यस्तो बनाए योजना,एक्लिएका देउवालाई यसरी हानिदैछ बज्र



हाम्रो इकोनोमि

१३ औं महाधिवेशनमा फरक समूहमा रहेका कांग्रेस नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः एउटै समूहमा जोडिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस पराजित भएपछि पनि सभापति शेरबहादुर देउवाले एकलौटी गरेपछि पौडेल र सिटौला एकै ठाउँमा पुगेका छन् ।

देउवा समूहबाटै महामन्त्री भएका अर्जुननरसिंह केसी पनि यही समूहमा रहेको सम्बद्ध नेताहरुको भनाइ छ । काठमाडौंमा भएको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्दा संस्थापन पक्षमै रहेका सिटौला अलग्गै समूह बनाएर सभापति लडेका थिए । तेस्रो मत ल्याएपछि सभापति निर्वाचनबाट बाहिरिएका सिटौलाले पुनः देउवालाई समर्थन गरेर जिताइदिएका थिए ।

देउवालाई सभापति जिताएवापत सिटौलाले प्रचण्ड र देउवा सरकारमा लगातार दुई मन्त्री राख्न पाएका थिए । गगन थापा र भीमसेनदास प्रधान सिटौला समूहबाट मन्त्री भए । गएको निर्वाचनमा पार्टी हारेपछि पाँच वर्षसम्म सरकार बाहिर रहने निश्चित भएपछि सिटौलाले पुनः पौडेल समूहतिर निकटता बढाउन थालेका छन् ।

पदाधिकारी मनोनयनका लागि सोमबार बोलाइएको निर्वाचित केन्द्रीय समितिको बैठक रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेर यस्तो संदेश दिएका हुन् । दुई वर्षसम्म देउवा नजिक रहेका सिटौलाले खुलैरुपमा पौडेलसामू पुगेको सन्देश पनि दिएका हुन् ।

देउवाले कुनै आश्वासन दिए फेरि सिटौला देउवा कित्तामा पुग्ने पौडेल पक्षको आशंका भने जिवितै छ । सभापति देउवाले बहुमतबाटै उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गर्ने प्रस्ताव ल्याउने तयारी गरेपछि पौडेल समूहले बहिष्कारको चेतावनी दिएको थियो ।

सभापतिको प्रस्तावमा सहमति नभए निर्वाचित केन्द्रीय समितिबाट बहुमत प्रक्रियाबाट पदाधिकारी मनोनयन गर्ने व्यवस्था छ । सभापति देउवाले छलफलै नगरी निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको भन्दै पौडेल र सिटौलाले असन्तुष्टि प्रकट गरेका थिए केन्द्र बिन्दुले उल्लेख गरेको छ। ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...