देउवालाई सिध्याउन पौडेल र सिटौलाले यस्तो बनाए योजना,एक्लिएका देउवालाई यसरी हानिदैछ बज्र



हाम्रो इकोनोमि

१३ औं महाधिवेशनमा फरक समूहमा रहेका कांग्रेस नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः एउटै समूहमा जोडिएका छन् । प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा कांग्रेस पराजित भएपछि पनि सभापति शेरबहादुर देउवाले एकलौटी गरेपछि पौडेल र सिटौला एकै ठाउँमा पुगेका छन् ।

देउवा समूहबाटै महामन्त्री भएका अर्जुननरसिंह केसी पनि यही समूहमा रहेको सम्बद्ध नेताहरुको भनाइ छ । काठमाडौंमा भएको १३ औं महाधिवेशनमा रामचन्द्र पौडेल सभापतिको उम्मेदवार बन्दा संस्थापन पक्षमै रहेका सिटौला अलग्गै समूह बनाएर सभापति लडेका थिए । तेस्रो मत ल्याएपछि सभापति निर्वाचनबाट बाहिरिएका सिटौलाले पुनः देउवालाई समर्थन गरेर जिताइदिएका थिए ।

देउवालाई सभापति जिताएवापत सिटौलाले प्रचण्ड र देउवा सरकारमा लगातार दुई मन्त्री राख्न पाएका थिए । गगन थापा र भीमसेनदास प्रधान सिटौला समूहबाट मन्त्री भए । गएको निर्वाचनमा पार्टी हारेपछि पाँच वर्षसम्म सरकार बाहिर रहने निश्चित भएपछि सिटौलाले पुनः पौडेल समूहतिर निकटता बढाउन थालेका छन् ।

पदाधिकारी मनोनयनका लागि सोमबार बोलाइएको निर्वाचित केन्द्रीय समितिको बैठक रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गरेर यस्तो संदेश दिएका हुन् । दुई वर्षसम्म देउवा नजिक रहेका सिटौलाले खुलैरुपमा पौडेलसामू पुगेको सन्देश पनि दिएका हुन् ।

देउवाले कुनै आश्वासन दिए फेरि सिटौला देउवा कित्तामा पुग्ने पौडेल पक्षको आशंका भने जिवितै छ । सभापति देउवाले बहुमतबाटै उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खडका र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनयन गर्ने प्रस्ताव ल्याउने तयारी गरेपछि पौडेल समूहले बहिष्कारको चेतावनी दिएको थियो ।

सभापतिको प्रस्तावमा सहमति नभए निर्वाचित केन्द्रीय समितिबाट बहुमत प्रक्रियाबाट पदाधिकारी मनोनयन गर्ने व्यवस्था छ । सभापति देउवाले छलफलै नगरी निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको भन्दै पौडेल र सिटौलाले असन्तुष्टि प्रकट गरेका थिए केन्द्र बिन्दुले उल्लेख गरेको छ। ।

 

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...