७७ बर्षकी महिलाको सामूहिक बलात्कारपछि बलात्कारीले यसरी जिब्रो काटिदिए



हाम्रो इकोनोमि

इलामको रोङ गाउँपालिका–१ मा एक बृद्धा सामुहिक बलात्कारको शिकार भएकी छिन् ।

रोङगाउँपालिका १ शान्तिपुरकी ७७ वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो । उनलाई आइतबार राति ११ बजे अज्ञात व्यक्तिको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बलात्कारपछि वृद्धाको जिब्रो समेत काटिदिएका छन्। अनुसन्धानका लागि एक जना प्रहरी निरीक्षक नेतृत्वको टोली शान्तिपुरतर्फ गएको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए ।

पीडित वृद्धालाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा ल्याइएको छ। अस्पतालका डा. अनिल बस्नेतका अनुसार महिलालाई आइतबार राति नै अस्पताल ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...