शक्तीशाली ओली सरकारका गृहमन्त्रीका ड्राइभरले नै यसरी ठगे डेढ करोड,ठगीको कथा यस्तो छ



मन्त्रीका  ड्राइभरले त सर्वसाधरणसँग करोडौ ठग्छन भने तिनका आसेपासेले नठग्ने कुरै भएन । यस्तै मन्त्रीबाट सर्वसाधरणका करोडौं रकम लुटिएको छ । कसैको जग्गा खाइदिएका छन भने कसैको लाखौं रकम पच बनाइदिएका छन् ।

नेताका आसेपासेबाट सर्वसाधरण कसरी ठगिन्छन भन्ने बुझ्न टाढा कतै गइरहनै पर्दैन । गृहमन्त्रालय पुगे पुग्छ । त्यहाँ खरो स्वभावका मन्त्री रामबहादुर थापाले मन्त्रालय सम्हालिरहेका छन् । तर तिनकै आसेपासेले भने सर्वसाधरणबाट करोडौं उठाएर ठगेको भेटिएको छ । मन्त्री थापाका एक जना ३ जना सर्वसाधारणबाट डेढ करोडभन्दा बढी ठगी गरेका उजुरी परेको छ । कसैको जग्गा खाइदिएका छन भने कसैको लाखौं रकम पच बनाइदिएका छन् । ६५ साल पछाडि माओवादी बनेका एक जना मन्त्रीका आसेपासेले आफूसँग माओवादीका उच्च नेताहरुसँग सम्पर्क भएको बताउदै तीन जना सर्वसाधरणको डेढ  करोड पच बनाइदिएका छन् । यस्ता खेलाडी हुन कृष्णबहादुर तिमल्सिना ।

उनले काभ्रे, मकवानपुर र काठमाडौंका ३ जना व्यक्तिसँग गरी डेढ करोड ठगी गरेको उजुरी अहिले प्रहरीको केन्द्रिय अनुसन्धान विभागमा उजुरी परेको भेटिएको छ । मन्त्रीका ड्राइभर खत्रीले काभ्रेका बद्रीप्रसाद दाहाल,मीनाकुमारी थापा र  काठमाडौंका रामबिक्रम खड्कासँग गरी १ करोड ५१ लाख ठगी गरेको उजुरी त्यहाँ परेको छ ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै ६५ सालपछि माओवादी बनेका उनले जग्गा कारोबार गर्ने सिलसिलामा बद्रीप्रसाद दाहाललाई ७१ सालमा ठगी गरेका हुन । उनले बद्रीलाई बैङ्कबाट ऋण दिलाइदिने भन्दै उनको नाममा चितवनमा रहेको दुईवटा गरेर १ बिगाह जग्गा आफ्नो नाममा पास गराएको उजुरीमा उल्लेख छ  । दाहालले चितवन भण्डारा  ३ नम्बर वडामा रहेको कित्ता नम्बर ५०६ को नौ कट्ठा १३ धुर र कित्ता नम्बर ५७८ को १०  कठ्ठा आठ धुर गरी कुल एक बिगाह एक धुर जग्गा तिमल्सिनाको नाममा पास गरिदिएको बताउँछन् ।

तर जग्गा पास गरेपछी तिमल्सिनाले कुनै ऋण नमिलाइ एक महिना सम्पर्क बिहिन भएका थिए । यस्तै उनले काभ्रे जिल्ला महेन्द्रज्योती गाबिस वार्ड नम्बर ९ मा रहेको मिनाकुमारी थापाको नाममा रहेको कित्ता नम्बर ७३ को एक रोपनी पाँच आना जग्गा पनि किन्छु भनेर बैना गरि आफ्नो तिमल्सिनाको नाममा राजीनामा गराइ पछि फेरि नकिन्ने भनेर फिर्ता नगरेको उजुरीमा उल्लेख छ । यस्तै राम बिक्रम खड्कासँग लिएको रु ११ लाख रुपैयाँ उनले तिरेका छैनन ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ