सत्ता च्युत भए पछी र जनताको नजरबाट गिरेर साढे २ वर्षपछि कांग्रेसले भारतले नाकाबन्दी गरेको यसरी स्वीकार्यो



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नाकाबन्दीको बारेमा खुलेरै विरोध गर्ननसक्दा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको बताएका छन् । साढे २ वर्ष अघि भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विषयमा कांग्रेसले सामना गर्न र नाकाबन्दी नै हो भन्न नसक्दा निर्वाचनमा जनमत घटेको दाबी गरेका हुन् ।

आईतबार साँझ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले साढे २ वर्षअघि भारतले लगाएको नाकाबन्दीका विषयमा कांग्रेसले खुलेर विरोध गर्न नसकेको बताए ।

भारतको नाकाबन्दीलाई ठूलो स्वरमा नाकाबन्दी नै हो भनेर विरोध गर्नबाट पार्टी चुक्दा तीन वटा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको देउवाको दाबी छ । देउवाले भने, ‘ भारतले लगाएको नाकाबन्दीलाई हामीले नाकाबन्दी नै हो भनेर भन्न सकेनौ र विरोध गर्न सकेनौं । त्यसको असर चुनावमा देखियो। जनमत घट्यो।’

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...