सत्ता च्युत भए पछी र जनताको नजरबाट गिरेर साढे २ वर्षपछि कांग्रेसले भारतले नाकाबन्दी गरेको यसरी स्वीकार्यो



हाम्रो इकोनोमि

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय नाकाबन्दीको बारेमा खुलेरै विरोध गर्ननसक्दा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको बताएका छन् । साढे २ वर्ष अघि भारतले नेपालमाथि लगाएको नाकाबन्दीका विषयमा कांग्रेसले सामना गर्न र नाकाबन्दी नै हो भन्न नसक्दा निर्वाचनमा जनमत घटेको दाबी गरेका हुन् ।

आईतबार साँझ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले साढे २ वर्षअघि भारतले लगाएको नाकाबन्दीका विषयमा कांग्रेसले खुलेर विरोध गर्न नसकेको बताए ।

भारतको नाकाबन्दीलाई ठूलो स्वरमा नाकाबन्दी नै हो भनेर विरोध गर्नबाट पार्टी चुक्दा तीन वटा निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको देउवाको दाबी छ । देउवाले भने, ‘ भारतले लगाएको नाकाबन्दीलाई हामीले नाकाबन्दी नै हो भनेर भन्न सकेनौ र विरोध गर्न सकेनौं । त्यसको असर चुनावमा देखियो। जनमत घट्यो।’

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...