गच्छेदारलाई गद्दार भन्दै देउवाले निधीलाई च्यापे,यी हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु



हाम्रो इकोनोमि

नेपाली काँग्रेसले बहुप्रतिक्षित पदाधिकारीको टुंगो सम्भवतः सोमबार लगाउने देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा पार्टी नेता विमलेन्द्र निधिलाई चयन गर्ने अन्तिम तयारी गरेका छन् ।

केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि उपसभापतिका एकमात्र प्रवल दावेदार बनेका निधि देउवाको पनि पहिलो रोजाइमा छन्। काँग्रेसमा पार्टी नै विलय गराएका विजयकुमार गच्छदारलाई संसदीय दलको उपनेता बनाएपछि देउवाले निधिलाई उपसभापति बनाउने अड्कल काटिएको थियो । गच्छदार पनि उपसभापतिका दावेदार छन्।

अर्का दावेदार गोपालमान श्रेष्ठलाई वरिष्ठ सदस्यहरुको रोलक्रममा एक नम्बरमा राखेर मनाएपछि निधिलाई उपसभापति बन्न थप सहज भएको हो ।

देउवाले महामन्त्रीमा भने पूर्णबहादुर खड्कालाई बनाउने पक्कापक्की भएको छ । महामन्त्रीमा देउवा टिमका ज्ञानेन्द्र कार्की, बालकृष्ण खाँण लगायतका नेताहरु आकांक्षी भए पनि खड्का नै पहिलो रोजाइमा पर्दैछन् ।

स्वर्गीय खुमबहादुर खड्कासंग समेत निकट रहेका पूर्णबहादुरलाई महामन्त्री बनाउँदा खुमबहादुर समुहको समेत साथ पाउने विष्लेषण देउवाको छ ।

यसबीचमा महामन्त्रीका दावेदार बालकृष्ण खाँणलाई देउवाले संसदीय दलको प्रमुख सचेतक बनाइसकेका छन् भने कार्कीलाई पटक पटक आफू सरकारमा हुँदा वा नहुँदा आफ्नो तर्फबाट महत्वपूर्ण जिम्मेवारी दिँदै आएका छन् ।

सहमहामन्त्रीमा भने देउवाले पौडेल पक्ष सहमतिमा आउँदा पौडेल पक्षकै एक जनालाई बनाउने तयारी गरेका छन् । यो अवस्थामा पूर्वबाट महेश आचार्य, मध्य क्षेत्रबाट नविन्द्रराज जोशी र पश्चिम क्षेत्रबाट दिलेन्द्र प्रसाद बडुमध्ये एक जनालाई सहमहामन्त्री बनाउने देउवाको तयारी छ ।

तर सहमति नभएको अवस्थामा देउवाले आफू निकट मानवहादुर विश्वकर्मा, डा प्रकाशशरण महतमध्ये एकलाई बनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...