३३ किलो सुन तस्करी गर्ने एसएसपी फरार भए पछी सुन समितीले उनका ड्राइभरलाई लियो कब्जामा



सहयोग गरेको प्रमाण भेटिए पनि उनलाई पक्राउ गरिएको हो। एसएसपी खत्री भने छानबिन समितिको सम्पर्कमै आएका छैनन्। नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत उनी दुई सातादेखि कार्यालय समेत गएका छैनन्। उनलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाउने तयारी भइरहेको छ।

छानबिन अन्तिम चरणमा, छानबिन समिति विराटनगरमा

सुन तस्करी र शाक्य हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। अनुसन्धानलाई ‘फिनिसिङ’ गर्न सहसचिव ईश्वरराज पौडेल संयोजकत्वको छानबिन समिति विराटनगर पुगेको छ।

पक्राउ परेकाहरुलाई प्रहरीले संगठित अपराध, अपहरण तथा हत्या मुद्दामा कारबाही अघि बढाएको छ। संगठित अपराध मुद्दामा ६० दिनभित्र अनुसन्धान पूरा गरी अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने हुन्छ। जसअनुसार यही बैसाख १९ गते मुद्दा दर्ता हुनुपर्छ। प्रहरीले शाक्यको शव बरामद गर्दै १९ फागुनमा ४ जनालाई पक्राउ गरेको थियो। मंगलबारभित्रै रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने गरी तयारी भइरहेको छानबिन समितिका एक अधिकारीले नेपाल लाइभलाई बताए।

डिएसपी केसीसँग बयान जारी

छानबिन समितिले डिएसपी प्रजित केसीसँग पनि बयान लिइरहेको छ। उनलाई प्रतिवादी बनाउने वा ठाडो कागज गरेर छाड्ने भन्ने टुंगो लागेको छैन। स्रोतका अनुसार पक्राउ परेका सई बालकृष्ण सञ्जेलको बयानका आधारमा उनलाई पनि बयानका लागि पत्राचार गरी बोलाइएको हो। केसी शुक्रबार जिप्रका मोरङ पुगेका थिए। सई सञ्जेलले अनुसन्धानका क्रममा डिएसपी केसी एक घन्टा हराएको बताएका थिए।

डिएसपी केसीकै नेतृत्वमा अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले सनम शाक्यको शव मोरङमा बरामद गरेको थियो। सोही अनुसन्धानमा चलखेल भएपछि गृहले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

२७ जना हिरासतमा

हालसम्म प्रहरी अधिकारीसहित २७ जना मोरङ प्रहरीको हिरासतमा छन्, जसमा ५ जना प्रहरी अधिकारी छन्। पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, सई बालकृष्ण सञ्जेल र जवान विष्णु खड्का हिरासतमा छन्। पाँचै जना निलम्बित भइसकेका छन्। डिएसपी केसीलाई पनि प्रहरी कार्यालयबाट बाहिर जान दिइएको छैन।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको ३३ किलो सुन हराएपछि तस्करीका नाइके चुडामणि उप्रेती नेतृत्वको समूहले शाक्यलाई करेन्ट लगाएर मारेको थियो। शाक्य पहिले सोही समूहमा आबद्ध भएर काम गर्दै आएका थिए। समूह छाडेर गएपछि उनले नै सुन लुकाएको हुनसक्ने आशंकामा अपहरण गरेर यातना दिइएको थियो।

हत्याको घटनामा नाइके उप्रेतीले आफू निकट प्रहरी परिचालन गरी आफ्नो पक्षमा अनुसन्धान गराएपछि गृह मन्त्रालयले एक महिनाअघि छानबिन समिति गठन गरेको थियो। समितिको अनुसन्धानपछि विमानस्थलबाट लामो समयदेखि प्रहरी र एयरलाइन्सकै कर्मचारीको सहयोगमा सुन तस्करी हुँदै आएको खुलेको थियो।

त्यसरी लामो समयदेखि हुँदै आएको तस्करीको दोस्रो चरणमा अनुसन्धान गर्ने छानबिन समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्