आइजीपी खनाललाई हुलाक बाट चिठी पठाएको भन्दै डिएसपीले प्रहरी जवानलाई कानको जाली फुट्ने गरी चुटे



हाम्रो इकोनोमि

फाँटमा बस्न पाउन पर्ने माग गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी)लाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी जवान दिपेन्द्र बहादुर चन्दले आफूमाथि कुटपिट गुनासो गरेका छन्।

प्रहरी जवान चन्दले निम्न दर्जाका जवानले पनि फाँटमा काम गर्न पाउनुपर्ने माग गर्दै बैशाख ११ गते आईजीपीलाई निवेदन पठाएका थिए।आईजीपीलाई निवेदन दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक (डिएसपी) वीर बहादुर बुढामगरले कुटपिट गरेको चन्दले बताए।

उनले निम्न तहका प्रहरी कर्मचारीले भोग्दै आईरहेका समस्या उल्लेख गर्दै आईजीपी सर्वेन्द्र खनाललाई पत्र पठाएका थिए। कानमा दुई थप्पड हानेको र लात्ति हान्दै कुटपिट गरेको चन्दले गुनासो गरे। अहिले सेती अञ्चल अस्पतालमा उपचार गराईरहेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बुढागमगरले भने चन्दको कुटपिटको आरोप गलत भएको बताए। उनले चन्दलाई प्रहरीको आचरण विपरीत काम गरेको भन्दै सम्झाएको तर कुटपिट नगरेको जिकिर गरे।

आईजीपीलाई गुनासो गरेको भन्दै चन्दमाथि विभागीय कारवाहीको तयारी भईरहेको प्रहरी स्रोतले बताएको छ। पत्रमा चन्दले आफु फाँटमा काम गर्न योग्य रहेको उल्लेख गरेका थीए। यस्तै चन्दले पत्रमा पहुँच हुनेले प्रहरी जवानले मात्रै फाँटमा काम गर्ने पाउने अन्यले फिल्डमा खट्नुपर्ने बाध्यता रहेको उल्लेख गरेका थिए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...