दिनमा १० किलो सुनको अभाव छ, हामीलाई सुनको कोटा पुगेको छैन, अनि तस्करी नभएर के हुन्छ



नेपालमा दैनिक सुनको माग कति हो ? यसबारेका सुन व्यवसायीहरुलाई प्रश्न गर्दा उनीहरुले अहिले पनि नेपाली बजारमा सुनको अभाव भइरहेको र सरकारलाई आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरे । व्यवसायीहरुका अनुसार अहिले पनि सिजनमा दैनिक १० किलो सुनको अभाव हुने गरेको छ ।व्यवसायीले औसत ३० केजी सुन भए नेपाली बजारको माग धानिन्छ भनिरहेका छन् । तर, अहिले वैध आयात र बिक्री औसत करिब साढे २२ केजीसम्म छ ।उता महालेखा परीक्षकको प्रतिवेदनमा व्यवसायीले प्रयोग गर्ने सुनको ८५ प्रतिशत हिस्सा अवैध रहेको देखाएको छ । यस्ता तथ्यहरुले सुन बजारको गोलमटोल अवस्थालाई संकेत गरेको छ ।वैध सुनको आयात, बजारको माग र आपूर्तिबीच देखिएको अन्तरले तस्करीको सुनको प्रयोग कसरी बढ्दैछ भन्ने स्पष्ट गर्छ ।

 

सुनबजारको अवस्था

प्रहरीका पूर्व हाकिम तथा ठूला सुनचाँदी ब्यापारीदेखि बाहालवाला एसपीसम्म संगठित सुन तस्करीको मुद्दामा मुछिएका छन् । ठूलो परिमाणमा सुन तस्करी भइरहेको रिपोर्टहरु सार्वजनिक हुँदै गर्दा नेपाली सुन व्यवसायी भने अहिले पनि सरकारको ‘सुन आपूर्ति नीति’ विरुद्ध लडाइँ लडिहरेका छन् ।उनीहरु सुनको कोटा बढाउन भनिरहेका छन् । अहिले दैनिक औसत साढे २२ किलो सुन बैंकिङ च्यानलबाट आइरहेको छ । व्यवसायीले त्यसलाई कम्तिमा औसत ३० केजीभन्दा बढी गर्न बनाउन सरकारलाई भनेको भन्यै छन् ।अहिले विवाह र ठूला पर्वहरुका महिनाका दिनहरुमा २५ केजीसम्म सुन व्यवसायीले बैंकबाट किन्न पाउँछन् । अन्य सिजनमा भने दैनिक २० केजीसम्म सुन पाइरहेका छन् व्यवसायीले ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सरकारी कोटा थोरै भयो भने वर्षौं बित्यो । सरकारले विभिन्न समयमा कोटामा ‘रिभ्यु’ नगरेको पनि होइन । तर, व्यवसायीले अहिले पनि सुनको कोटा निकै कम भएको भन्दै बढाउन माग गरिरहेका छन् ।महासंघका अध्यक्ष मोहन सुनार सरकारले एकैपटक वर्षमा १० हजार ९ सय ५० किलो सुनको कोटा एकैपटक तोक्नुपर्ने बताउँछन् । त्यसो भएमा माग र आपूर्तिबीचको अहिले खाडल पुरिने उनको भनाइ छ ।

‘सिजनमा हामीलाई ४५ केजीसम्म सुन चाहिन्छ । अफ सिजनमा १५ देखि २० केजीले नै पुग्छ,’ सुनार भन्छन्,‘सुनको कोटा पुगेको छैन भनेर हामीले पटक–पटक भनेका छौं । सरकारले सुनेको छैन ।’सुनको कोटा तोक्ने अधिकार पाएको राष्ट्र बैंकले व्यवसायीको प्रस्ताव मानिरहेको छैन । विदेशी मुद्राको सञ्चिती प्रभावित हुने गरी ठूलो परिमाणमा सुन ल्याउन दिने पक्षमा राष्ट्र बैंक छैन ।व्यवसायी भने सिजन र अफ सिजनका लागि कति सुन चाहिने भन्ने विवरण आफूहरुले दिने र त्यसैअनुरुप विदेशी मुद्रा परिचलन गरेर सुन ल्याउन सकिने तर्क गरिरहेका छन् ।

‘हामीलाई सिजनमा कोटा पुगेको छैन । अफसिजनमा कोटाकै पनि बढी हुन्छ । त्यसले गर्दा कुनै समय सुन नपुग्ने र कुनै समय बैंकमा सुन थुप्रिने भयो,’ अध्यक्ष सुनारले भने,‘वार्षिक कोटा तोकेर हामीले भनेअनुसार महिनापिच्छे फरक–फरक परिमाण्मा सुन ल्याउँदा समस्या हुँदैन ।’

कहाँबाट भइरहेको अभावको पूर्ति ?

व्यवसायीका अनुसार अहिले दिनमा १० केजी सुनको कोटा अभाव छ । त्यसअनुसार वर्षमा झण्डै ४ सय केजी सुन अभाव हुनुपर्ने हो ।तर, बजारमा सुन अभावको अवस्था भने कहिले पनि देखिँदैन । कुनै ग्राहकलाई पसल पुगेपछि सुन छैन भनेर फर्काएको अवस्था भेटिन्न ।यसको खास अन्तर्य भने बजारमा पाइने तस्करीका सुन नै हो । किनभने बजारमा छ्यापछ्प्ती किन्न पाइने अवस्था छ ।

व्यवसायीहरु सुन अभाव छ भनिरहने तर, सरकारले त्यसअनुरुप कोटा नबढाइदिने अवस्थाले पनि तस्करीको सुन लिन बाध्यता पनि सिर्जना भएको छ ।तर, बाध्यता मात्रै पनि छैन, भन्सार तिरेर भित्र्याएको वैध सुनभन्दा अवैध सुन सस्तोमा किन्न पाइन्छ । त्यसैले सुन व्यवसायीले वैध सुनभन्दा अवैधलाई नै प्राथमिकता दिइरहेका छन् । विशेषगरी ठूला सुन व्यवसायी नै तस्करीको सुनमा आकर्षित छन् । साना व्यवसायी पनि अवैध सुन लिने च्यानलबाट टाढा छन् भन्ने अवस्था छैन ।महासंघका अध्यक्ष मोहन सुनार भने अपुग हुने परिमाणको पूर्ति बजारमा फिर्ता हुने सुनबाट भइरहेको दाबी गर्छन् ।

‘सुन किन्ने मात्रै बजारमा आउँदैनन् । पुराना गहना फिर्ता गर्ने र बेच्ने पनि उत्तिकै हुन्छन्,’ सुनार भन्छन्,‘अहिले बजारमा अभाव हुने सुनको पूर्ति हामी फिर्ता हुने सुनबाटै गरिरहेका छौं ।’तर, महालेखाको ५५ औं वार्षिक प्रतिवेदनले भने व्यवसायीको यस्तो दावीलाई अस्वीकार गर्छ । महालेखा परीक्षकको कार्यालयले गरेको नमुना परीक्षणले बजारमा ८५ प्रतिशत सुन बैंकिङ च्यानलभन्दा बाहरिबाट आइरहेको तथ्य उजागर गरेको छ ।

वैधमाभन्दा अवैधमा नाफा उच्च हुने भएपछि व्यवसायी बैंकिङ प्रणालीभन्दा बाहरिबाट सुन लिइरहेको दावी महालेखाको छ । त्यस्ते सुन तस्करीको हुनसक्ने संकेत प्रतिवेदनले गरेको छ ।प्रतिवेदनअनुसार सुनको पैठारी बैंक वा वित्तीय संस्थाले मात्र गर्न पाउनेमा बैंकबाट नगन्य मात्रामा सुन खरिद गरेको अवस्था छ । सुन तथा चाँदीको नियमन गर्ने जिम्मेवारी कुनै निकायलाई नतोकिएको कारण यस्तो अवस्था आएको ठहर महालेखाले गरेको छ ।

नमूनाका रुपमा छड्के गर्दा आन्तरिक राजस्व कार्यालय क्षेत्र नं.२ का सुन व्यवसाय गर्ने ५ करदाताले १ अर्ब ३९ करोड २७ लाखको सुन खरिद गरेकोमा २१ करोड ९६ लाख अर्थात १५.७६ प्रतिशत बैंकिङ प्रणालीबाट खरिद गरेको भेटिएको छ ।

त्यस्तै ठूला करदाता कार्यालय अन्तर्गतका २ करदाताले आव २०७१/७२ र २०७२/७३ मा खरिद गरेको १ अर्ब २९ करोड ४३ लाखको सुनमध्ये ६ करोड ६५ लाखको मात्र बैंकमार्फत किनिएको छ । यो छड्के परीक्षणमा बैंकिङ प्रणालीमार्फत ५.१४ प्रतिशत मात्र खरिद भएको देखिएको छ ।व्यक्तिले खरिद गरेको सुनको प्राप्तिको स्रोत सम्बन्धमा नियमन नहुँदा भन्सार राजस्व समेत प्राप्त नभएको ठहर महालेखाले गरेको छ ।

‘आन्तरिक राजस्व कार्यालयबाट कर परीक्षण हुँदा खरिद सम्बन्धमा कुनै व्यहोरा उल्लेख भएको छैन । यस प्रकारको बिक्रीबाट सुनको बिक्री वितरणले सुन तस्करीको घटना वृद्धि भएको र गरगहनाको बिक्री वितरणमा ज्यालाजर्ती आय नदेखाएको स्थितिले खरिदको वैधता र राजस्वमा परेको प्रभाव सम्बन्धमा सबै करदाताको कारोबारउपर छानबिन गर्नुपर्छ’ प्रतिवेदनले भनेको छ ।

महासंघका अध्यक्ष सुनार भने न्युरोडका केही सुन पसलको छड्के परीक्षण गरेर निकालिएको निश्कर्षलाई सामान्यीकरण गरेर देशभरिकान व्यवसायीमागि दोष थोपर्न नहुने बताउँछन् ।

‘कसैले बदमासी गरेको छ भने कानुन अनुसार अनुसन्धान गरेर सरकारले कारवाही गर्न सक्छ,’ सुनार भन्छन्, ‘तर, सबैलाई त्यसैअनुरुप व्यवहार गर्न मिल्दैन । सरकारले आफ्नो विधि र संयन्त्र लगाएर गैरकानुनी रुपमा काम गर्नेलाई कारवाही गर्न सक्छ ।’उनले वर्षमा साढे २७ अर्बको सुन बैंकिङ च्यानलबाट आइरहेको विषय राष्ट्र बैंकबाट नै सार्वजनिक भएको तर्क गर्दै हल्ला गरिएजस्तो अवैध सुनको प्रयोग नभइरहेको बताए ।

उनले नेपालमा भित्रिने सुन कहाँकाट कसले ल्याउँछ, कहाँ केका लागि खपत र बिक्री हुन्छ र कता जान्छ भन्ने विषय व्यवसायीलाई थाहा नहुने दावी गरे ।‘हामी यसबारे केही जान्दैनौं । सुन तस्करीको आरोपमा बर्दिवालाहरु नै समातिरहेका छन् । सबै उनीहरुलाई नै थाहा हुनुपर्छ,’ सुनार भन्छन्, ‘हामी दुःख गरेर खानेहरुलाई यसबारे खासै चासो पनि छैन ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ