दुई झाँक्री कर्णालीमा हाम फाले, एकको मृत्यु, अर्का बेपत्ता,अरुण तेस्रोकाे कार्यालयमा बम विस्फोट



हाम्रो इकोनोमि

बाजुराको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

अरुण तेस्रो जलविद्युत्त आयोजनाको कार्यालयमा अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणको क्रममा शिलान्यास गर्ने तयारी भइरहेका बेला खाँदबारी-९ स्थित तुम्लिङटारमा रहेकाे अायाेजनाकाे कार्यालयमा बम विस्फोट भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय संखुवासभाले गएराति १२ः२५ बजे अज्ञात समूहले आयोजनाको कार्यालयमा विस्फोट गराएको जनाएको छ । प्रहरीका अनुसार, विस्फोटबाट कार्यालयको दक्षिणतर्फ सामान्य क्षति भएको छ ।‘राति १२ः२५ बजे कार्यालयको दक्षिणतर्फ बम विस्फोट हुँदा पर्खालमा सामान्य क्षति भए पनि अन्य क्षति भएको छैन’, इन्स्पेक्टर वेदप्रसाद गौतमले अनलाइनखबरसँग भने ।विस्फोट कसले गरायो भन्नेबारे केही खुलेको छैन । घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...