काठमाडौमा यसरी चल्ने भो मेट्रो रेल, पाँच आयोजनालाई स्वीकृति



हाम्रो इकोनोमि

सरकारले काठमाडौं उपत्यकाको रुट–२ मा मेट्रोरेल निर्माण तथा सञ्चालन गर्नका लागि विस्तृत सम्भाब्यता अध्ययनको कार्य अगाडि बढाउन तयार गरिएको आशयपत्र सम्बन्धि कागजात स्वीकृति गर्ने प्रक्रिया अगाडि बढाएको छ । रुट–२ अन्तर्गत नागढुङ्गा–कलङ्की–कोटेश्वर–धुलिखेललाई समेटिएको छ । लगानी बोर्डको बैठकले लगानी बोर्डको कार्यालयको आगामी बर्षको बजेट कार्यक्रम समेत स्वीकृत गरेको छ । सरकारले आफ्नै स्रोतबाट निर्माण गर्ने गरी अन्य पाँच आयोजनाको सम्भाब्यता अध्ययनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इओआइ) सम्बन्धि कागजात पनि स्वीकृत गरेको छ ।

लगानी बोर्डको शनिवारको बैठकले शिशा उद्योग, से–फोक्सुन्डो लक्जरी रिसोर्ट, एकीकृत कृषि परियोजना, स्की रिसोर्ट र स्वास्थ्य, शिक्षा र खेलकुद शहरको सम्भाव्यता अध्ययनका लागि इओआइ सम्बन्धि कागजात स्वीकृत गरेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले अरुण तेस्रो जलविद्युत आयोजनाको वित्तीय ब्यवस्थापनको समयसीमा असोज १२ गतसम्मका लागि थप गरी दिएको छ ।
बिरेठाँटीदेखि मुक्तिनाथसम्मको केबलकार आयोजना निर्माण गर्न मुक्तिनाथ दर्शन प्रालिलाई सरकारलाई दायित्व नपर्ने गरी विस्तृत अध्ययन गर्न स्वीकृति समेत दिएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीब्र बनाई अर्थतन्त्रलाई समेत गतिशील बनाउनु पर्ने बताएका छन् । उनले विकास निर्माणका काममा कुनै कानुनी अवरोध भए त्यसको निराकरणका लागि प्रस्ताव गर्न समेत लगानी बोर्डलाई निर्देशन दिएका छन् । बैठकमा वोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बोर्डका प्रस्तावहरु र कार्यालयले सहजीकरण गरिरहेका आयोजनाहरुबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...