स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सुर्य टोबालाई कारवाही गर्ने चेतावनी, पसलबाट सुर्तीजन्य पदार्थ लाई नै हटाउने उद्घोष



हाम्रो इकोनोमि

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारका निति नियम उलंघन गर्ने सुर्य टोबाको कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएकी छिन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालय सहित विभिन्न सरोकारित संस्थाको सहकार्यमा शनिबार राजधानीमा आयोजित सुर्तीजन्य पदार्थ नियन्त्रण र नियम सम्बन्धी अन्र्तक्रियामा राज्यमन्त्री अर्यालले सरकारका निति नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताएकी हुन् ।
सुर्य टोबाले आफ्नो उत्पादनमा सुर्तीजन्य पदार्थको बाहिरी कभरमा सुर्ती जन्य पदार्थले पुर्याउने हानी नोक्सानीको बारेमा अत्यन्तै सानो स्थान दिएको भएपनि कारवाही नभएको भन्ने गुसानो आएपछि मन्त्रीले सुर्य टोबालाई एक हप्ता भित्र कारबाहीको दायरामा ल्याउने बताएकी हुन् ।
उनले  सुर्ती जन्य पदार्थको विक्रिमा १७ प्रतिशत कर लगाउने बारे पनि अर्थमन्त्रालय लाई पत्राचार गरिने पनि बताइन् ।
राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा सुर्तीजन्य पदार्थ लैजान रोक लगाउने काम सुरु भईसकेको र सरकारसंग छलफल गरि सोही व्यवस्था अन्य मन्त्रालयमा पनि लागु गरिने बताइन् ।
उनले  आफ्नो मन्त्रालयबाट सुरु गरेको काम अब बीर अस्पतालमा पनि लागु गर्ने बताइन् । उनले  अस्पताल आगाडिका पसलबाट सुर्तीजन्य पदार्थ लाई नै हटाउने उद्घोष गरिन् ।
वीर अस्पताल पछि अन्य सरकारी, तथा निजी अस्पतालमा पनि सुर्तीजन्य पदार्थ लैजान निषेध गरिने बताइन् ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उत्पादन गर्न दिने तर उपभोग गर्न नदिने भन्ने प्रश्न बेला बेलामा आफुलाई आउने गरेको उल्लेख गर्दै सुर्तीजन्य पदार्थ उत्पादन र आयात लाई नै  कानुन बनाएर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...