स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सुर्य टोबालाई कारवाही गर्ने चेतावनी, पसलबाट सुर्तीजन्य पदार्थ लाई नै हटाउने उद्घोष



हाम्रो इकोनोमि

स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सरकारका निति नियम उलंघन गर्ने सुर्य टोबाको कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएकी छिन् ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालय सहित विभिन्न सरोकारित संस्थाको सहकार्यमा शनिबार राजधानीमा आयोजित सुर्तीजन्य पदार्थ नियन्त्रण र नियम सम्बन्धी अन्र्तक्रियामा राज्यमन्त्री अर्यालले सरकारका निति नियम उलंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताएकी हुन् ।
सुर्य टोबाले आफ्नो उत्पादनमा सुर्तीजन्य पदार्थको बाहिरी कभरमा सुर्ती जन्य पदार्थले पुर्याउने हानी नोक्सानीको बारेमा अत्यन्तै सानो स्थान दिएको भएपनि कारवाही नभएको भन्ने गुसानो आएपछि मन्त्रीले सुर्य टोबालाई एक हप्ता भित्र कारबाहीको दायरामा ल्याउने बताएकी हुन् ।
उनले  सुर्ती जन्य पदार्थको विक्रिमा १७ प्रतिशत कर लगाउने बारे पनि अर्थमन्त्रालय लाई पत्राचार गरिने पनि बताइन् ।
राज्यमन्त्री अर्यालले स्वास्थ्य मन्त्रालयमा सुर्तीजन्य पदार्थ लैजान रोक लगाउने काम सुरु भईसकेको र सरकारसंग छलफल गरि सोही व्यवस्था अन्य मन्त्रालयमा पनि लागु गरिने बताइन् ।
उनले  आफ्नो मन्त्रालयबाट सुरु गरेको काम अब बीर अस्पतालमा पनि लागु गर्ने बताइन् । उनले  अस्पताल आगाडिका पसलबाट सुर्तीजन्य पदार्थ लाई नै हटाउने उद्घोष गरिन् ।
वीर अस्पताल पछि अन्य सरकारी, तथा निजी अस्पतालमा पनि सुर्तीजन्य पदार्थ लैजान निषेध गरिने बताइन् ।
कार्यक्रममा काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उत्पादन गर्न दिने तर उपभोग गर्न नदिने भन्ने प्रश्न बेला बेलामा आफुलाई आउने गरेको उल्लेख गर्दै सुर्तीजन्य पदार्थ उत्पादन र आयात लाई नै  कानुन बनाएर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...