झलनाथ खनाल र माधव नेपालले गराइ दिएका थिए प्रधानमन्त्री ओलीको राधिकासँग बिवाह



एकदिन पाटन क्याम्पसमा झलनाथ खनाल आउनु भयो । उहाँसँगै माधव नेपाल, अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यहुनुहुन्थ्यो । त्यो भेटमा झलनाथले केहि भूमिका बाँधेर भन्नुभयो, ‘भर्खरै जेल छुटेर आउनु भएको असल इमान्दार साथी हुनुहुन्छ, उहाँलाई त्यस्तै असल र इमान्दार जीवनसाथी चाहिएको छ ।’ झलनाथले भन्न खोजेको कुरा राधिकाले बुझ्नुभयो । तर, को ब्यक्ति हो भन्ने चाहिँ थाहा थिएन । ‘उहाँलाई तपाईंको साथ चाहिएको छ, तपाईंको के विचार छ भनेर झलनाथ कमरेडले सोध्नुभयो’ राधिकाले आफूहरुको विवाह स्मरण गर्दै भन्नुभएको छ, ‘मैले हुन्छ भनिदिएँ

प्रधानमन्त्री केपी शर्मा ओली र प्रथम महिला राधिका शाक्यको बिवाह गराउने ब्यक्ति धेरैलाई जानकारी छैन । अरु राजनीतिक दलका नेता कार्यकर्तालाई मात्रै होइन, एमाले पंक्तिकै धेरैलाई भुमिगतकालमा पार्टीले बिवाद गराइ दिएको मात्रै जानकारी रहेको छ । पञ्चायतबिरोधी आन्दोलनमा लामो समय जेल जीवन बिताउनु भएका प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यबीच बिवाह गराउने मुख्य ब्यक्ति को थियो त ?

२०५४ सालमा यही प्रश्न गर्दा ओलीले भन्नुभएको थियो, ‘साथीहरुले भेटाउनु भयो, पहिला नै उहाँको अनुमति मिलिसकेको रहेछ, पहिला कुन नेताले प्रस्ताव गर्नुभयो उहाँले नै भन्नुहोला ।’ ओलीको यो भनाईले पार्टीका नेताहरु नै बिवाह गराउने ब्यक्ति हुन भन्ने अनुमान थियो ।

ओली र शाक्यबीच बिवाह गराउने ब्यक्तिबारे शाक्यले नै मुख खोल्नुभएको छ । शाक्यले सञ्चार माध्यमलाई दिएको जानकारीअनुसार पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधव नेपाल हुनुहुन्थ्यो ओली–शाक्यको बिवाह गराउने नेताहरु । साथमा हुनुहुन्थ्यो  अमृतकुमार बोहोरा अष्टलक्ष्मी शाक्य । यिनै चार नेताले शाक्यलाई ओलीसँग बिवाहको प्रस्ताव लिएर जानुका साथै सहमत गराउनु भएको थियो ।

शाक्यका अनुसार इतिहास र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभएकी राधिकालाई भेट्न एकदिन पाटन क्याम्पसमा झलनाथ खनाल आउनु भयो । उहाँसँगै माधव नेपाल, अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यहुनुहुन्थ्यो । त्यो भेटमा झलनाथले केहि भूमिका बाँधेर भन्नुभयो, ‘भर्खरै जेल छुटेर आउनु भएको असल इमान्दार साथी हुनुहुन्छ, उहाँलाई त्यस्तै असल र इमान्दार जीवनसाथी चाहिएको छ ।’

झलनाथले भन्न खोजेको कुरा राधिकाले बुझ्नुभयो । तर, को ब्यक्ति हो भन्ने चाहिँ थाहा थिएन । ‘उहाँलाई तपाईंको साथ चाहिएको छ, तपाईंको के विचार छ भनेर झलनाथ कमरेडले सोध्नुभयो’ राधिकाले आफूहरुको विवाह स्मरण गर्दै भन्नुभएको छ, ‘मैले हुन्छ भनिदिएँ, किनभने छोरी भए पनि परिवारमा मेरो निर्णय चल्थ्यो ।

विवाहको कुरा टुंगिएपछि एउटा सानो मञ्च बनाएर ओली र राधिकाको विवाह समारोह आयोजना भयो । दुवैले एक आपसमा माला पहिर्याइदिए । वरिपरी २० जना जति सहभागि थिए, उनीहरुले ताली वजाए, विवाह सकियो । शाक्यले बिवाह अघि एक पटक मात्रै ओलीलाई देख्नुभएको थियो ।

०४४ सालमा जेलबाट निस्केका कैदी बन्दीको स्वागत कार्यक्रम राखेको थियो पार्टीले ललितपुर पुलचोकको इन्जिनियरिङ कलेजमा । जेलबाट छुटेर निस्केकालाई स्वागत गर्न आयोजित त्यो कार्यक्रममा राधिका पनि पुग्नुभयो । छुटेर आएका २२ जना मध्ये एउटा दुब्लो अनुहारको युवक थियो ।

औसत मानिसहरुको भीडमा राधिकाले उसलाई विशेष रुपले गणना गर्नुभएको थिएन । चुच्चे अनुहार, पातलो ज्यान, लामो समय यातनापूर्ण कारावास बस्दा खिइएको करिव जीर्ण शरिर । एकछिन् पछि मुक्त बन्दीहरुको स्वागतमा आयोजित कार्यक्रम सुरु भयो । कार्यक्रममा वक्ता थियो उहि ब्यक्ति । जव युवक बोल्न थाल्यो, उसका कुरा गढ्न थाले राधिकाका मनमा ।

ज्यान भन्दा कयौं गुणा तेजी र प्रभावशाली उसको क्षमतालाई नोट गरिन् उनले । ती वक्ता हुनुहुन्थ्यो  आजका शक्तिशाली प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली । कस्तो लागेको थियो त त्यसबेला राधिकालाई केपी ओली ? उहाँले इतिहास संझनु्भयो,  ‘अल्सरले गालेको सिकुटे ज्यान तर, तेजिलो क्षमता भएको । पहिलो पटक बोलेको सुन्दा निकै गहिरो प्रभाव मनमा पर्यो ।’

१४ वर्षसम्म कठोर कारावास, गोलघरको यातना सहेको र एक थोपा पानी टाउकोमा पर्यो भने पनि हनहनी ज्वरो आउने । यस्तो शारीरिक अवस्थामा रहेका ओलीलाई राधिकाले हिम्मतका साथ साथ दिनुभएको थियो ।जनताटाइम्स अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्