गोरेको पैसामा करोडौंको बंगला बनाए यी दुई सईले, किन छाडीए सई गजेन्द्र रावल



 ३३ किलो सुन प्रकरणमा गृहमन्त्रालयका सहसचिव इश्वर पौडेल संयोजकत्वको छानबिन समितिले बयानमा बोलाएकामध्ये सई गजेन्द्र रावलविरुद्ध भने बलियो प्रमाण नभेटिएको भन्दै प्रतिवादी नबनाई छाडिएको छ । जबकि ३३ किलो सुनमा सईहरु सन्जेल र रावलले सुन तस्कर चुडामणि उप्रेती गोरेको योजना अनुसार काम गरेका थिए ।३३ किलो सुन प्रकरणमा गोरेकै योजनामा सनम शाक्यको लास व्यवस्थापन गर्ने काम रावलले नै गरेका थिए । गोरेको निकट सम्पर्कमा रहेका सई रावलले बालाजुमा ३ करोड पर्ने घर बनाएका छन् । जुन गोरेको सुन तस्करीको पैसाबाट बनाएको आरोप छ ।

रावललाई मुद्दा नचलाऊन छानविन समितिका डीएसपी सुदिप पाठक र इन्स्पेक्टर भीष्म हुमागाईलाई पूर्वआइजीपीद्वय उपेन्द्रकान्त र प्रकाश अर्यालले दबाब दिएको स्रोत बताउँछ । रावल र गोरेबीच ६ पटकससम्म सम्पर्क भएको प्रमाण छानबिन समितिले फेला पारेको थियो ।
रावल र संजेल सँगै बसेर काम गरेका हुृन् ।

३३ किलो सुन प्रकरणमा सई गजेन्द्र रावलको अवैध रुपमा सुन भित्र्याउने चुडामणि उप्रेती ‘गोरे’ सँग ६ पटक कुराकानी भएको गृृह मन्त्रालयका सहसचिव इश्वर पौडेलको छानबिन समितिले समेत प्रमाण भेटिंदा पनि उनलाई बलियो प्रमाण नभेटिएको भन्दै शुक्रबार उन्मुक्ति दिइएपछि सुन तस्करीको जालो तोडिने अपेक्षा गरेकाहरुलाई निराश पारेको छ । रावललाई उन्मुक्ति दिने काम छानबिन समितिका सदस्य विशेष ब्यूरोका डीएसपी सुदिप पाठक र सीआइबीका इन्स्पेक्टर भीष्म हुमागाईले गरेका छन् । पूर्वआइजीपी उपेन्द्रकान्त अर्याल र प्रकाश अर्यालको डिजाइनमा पाठक र हुमागाईले रावललाई उन्मुक्ति दिएका छन् ।

छानबिन समितिका सदस्य हुमागाई र पण्डित उपेन्द्रकान्त र प्रकाश अर्यालका विश्वासपात्र हुन् । ३३ किलो सुन प्रकरणमा प्रकाश अर्यालकै निर्देशनमा अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले बिराटनगरमा गएर सनम शाक्यलाई खोजी गर्न टोली परिचालन गरेका थिए । तत्कालीन महानगरीय आयुक्त कार्यालयका प्रमुख एआइजी जयबहादुर चन्दको अनुमति लिएर मात्र महाशाखाले टोली खटाउन सक्छ । तर आयुक्त चन्दसँग अनुमति नै नलिई सिधै प्रकाश अर्यालको निर्देशनमा सनम शाक्यको खोजी गर्न टोली पूर्वमा पठाइएको थियो ।

चुडामणि उप्रेती गोरेको प्रकाश अर्यालसँग कनेक्सन भएकाले ३३ किलो सुनमा अपराध महाशाखाको टोली खटाइएको थियो । २ बर्षअघि अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनमा पूर्वडीआइजी गोविन्द निरौला, एसपी विकासराज खनालहरुलाई संगठित अपराधमा मुद्दा चलाउने निर्णय गरे पनि हालै २ महिनाअघि बरामद गरी छाडिएको ३३ किलो सुन काण्डमा अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई जोगाउन खोजिएको छ ।

उपेन्द्रकान्त र प्रकाश अर्याल जस्ता ठूला माछालाई जोगाउनका लागि ३३ किलो सुनकाण्डमा मुछिएका अपराध महाशाखाका डीएसपी प्रजित केसीलाई मोरङ प्रहरीबाट पत्र काटिएको छ । छानबिन समितिले २ बर्षअघिको सुन प्रकरणमा संगठित अपराधमा मुद्दा चलाउन हिरासतमा पठाएको छ भने हालसालको ३३ किलो सुनमा मुछिएका प्रजित केसीलाई मोरङबाट पत्र काट्न लगाई उतैबाट मुद्दा चलाउने तयारी गरेका छन् ।

मोरङ प्रहरीबाट मुद्दा चलाउनु भनेकै यो मुद्दा फितलो बनाउन लागिएको प्रहरी स्रोत बताउँछ, मोरङको एसपीकोमा लगेर निष्पक्ष हुन्छ ? मोरङको एसपीले कसरी कारबाही गर्छन् ? यो सब जोगाउने खेल हो, प्रहरीका एक उच्च अधिकारीले भने–गोरेसँग कनेक्सन देखिएका सई रावल छुट्नु, प्रजित केसीको मुद्दा मोरङबाट चलाउनुले ३३ केजी सुन प्रकरण सामसुम पार्न लागिएको हो । स्रोतका अनुसार एसएसपी लोहनीमाथि मुद्दा नचलाउन माओवादीका नेता पूर्वगृहमन्त्री जनार्दन शर्मा र वर्तमान जलस्रोत मन्त्री बर्षमान पुनले चर्को दबाब दिइरहेका छन् । शर्माका नातेदारहरु एसएसपी लोहनीलाई जोगाउन तीव्र दौडधूपमा छन् ।

३३ किलो सुनका मुख्य दोषी एसएसपी लोहनी नै हुन्, उनले नै गोरेको इशारामा सनम शाक्यको हत्या भएको घटनास्थल नै परिवर्तन गरेको समाचार सार्वजनिक भइसकेको छ । यसरी २ बर्षअघि भएको सुन तस्करीमा पहुँच नभएका पूर्वडीआइजी र एसपीलाई संगठित अपराधमा मुद्दा चलाउने छानबिन समितिले ३३ केजी सुनप्रकरणमा दोषीलाई उन्मुक्ति दिन लागेको छ ।

सई बालकृष्ण संजेलबाट अर्का सई गजेन्द्र रावल, रावलबाट डीएसपी प्रजित केसी र केसीबाट एसएसपी दिवेश लोहनी र त्यसपछि प्रकाश अर्याल तानिने भएपछि छानबिन समितिका सदस्य पाठक र हुमागाईले ३३ किलो सुनका रावललाई छुटाकारा दिएका छन् भने केसीलाई मोरङ प्रहरीमा पठाएका छन् ।  नयाँपेज अनलाईनबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्