यस्ता निर्दयी बाबु जसले दुई नावालक छोराको निर्मम ढंगले यसरी हत्या गरे



हाम्रो इकोनोमि

काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो।

यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए। गत सोमवार यादवकी आमाले महानगरीय प्रहरी बृत्त बानेश्वरमा नाति हराएको भन्दै उजुरी गरेकी थिइन्। तर, शुक्रवार बिहान भने यादव आफैले छोराको हत्या गरेको फोनमार्फत् परिवारलाई जानकारी गराएका थिए।

हत्या भएका दुई बालक यादवकी दोस्रो श्रीमतीतर्फका झड्केला छोरा हुन्। पहिलो श्रीमतीले छोडेर गएपछि यादवले दोस्रो बिहे गरेका हुन्। यादवकी श्रीमती भने बिराटनगरमा बस्दै आएकी छिन्। यादवले छोरा लिन नआए हत्या गर्ने धम्की दिँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...