प्रधानमन्त्री ओलीले सिंहदरवार भित्र मोबाइल नचल्ने बनाए,मोबाइल जामरको यसरी गरियो प्रयोग



हाम्रो इकोनोमि

तपार्ईं मोबाइल फोन बोकर सिंहदरवार या भीभीआईपी सहभागी कार्यक्रममा जाँदै हुनुहुन्छ ?

जाँदैहुनुहुन्छ भने तपार्ईंले बोकेको मोबाइलबाट जतिबेला पायो त्यतिवेला फोन सम्पर्क नहुन पनि सक्छ ।

हो, सिंहदरवार या बालुवाटारमा क्याविनेटलगायतका महत्वपूर्ण बैठक बस्दा ‘जामर’ प्रयोग गर्न थालिएको छ ।

‘जामर’ प्रयोग भएपछि निश्चित क्षेत्रमा मोबाइल फोन सम्पर्क हुँदैन ।

नेपाल टेलिकमको अनुमतिमा यो प्रविधि प्रयोग गर्न सकिन्छ ।

यहि कारण शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यलय र आसपासमा २ घण्टा मोबाइलमासम्पर्क हुन सकेन ।

प्रधानमन्त्रीको कार्यालय र त्यसको ५० मिटर वरपर शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म मोबाइल फोन सम्पर्क नभएपछि यसको रहस्य खुलेको हो ।

शुक्रबार विहान नौ बजे मन्त्रिपरिषद बैठक बोलाइएको थियो ।

तर, बैठक १० बजेमात्रै सुरु भयो । ‘जब मन्त्रिपरिषद बैठक सुरु भयो त्यसपछि फोन लाग्दैलागेन, किन हो भनेर सोध खोज गर्दा कसैले पनि बताएनन्’ रिपोर्टिङमा गएका पत्रकारले सुनाए ।
सूचना चुहिने भन्दै प्रधानमन्त्री कार्यलयकै योजनामा महत्वपूर्ण बैठकबस्दा ‘जामर’ लगाउने गरिएको स्रोतले बतायो ।

गृहप्रवक्ता रामकृष्ण सुवेदीले भीभीआइपीको मुभमेन्ट हुँदा निश्चित क्षेत्रमा ‘जामर’ प्रयोग हुने गरेको स्वीकारे ।

उनले हाल मात्रै नभएर पहिल्यैबाट त्यस्ता स्थानमा जामर प्रयोग हुने गरेको दाबी पनि गरे ।

उनले भने ‘अहिलेमात्र होइन, भीभीआईपीको मुभमेन्ट भएका बेला पहिलेदेखि नै जामर प्रयोग हँुदै आएको हो, त्यो आवश्यक्ता अनुसार प्रयोग गर्ने गरिन्छ ।’
यद्यपी प्रवक्ता सुवेदीले यस्तो दावी गरेपनि यसअघि सिंहदरवारमा क्याविनेट बस्दा मोवाइल सम्पर्कमा समस्या आएको गुनासो उठेको थिएन् ।

के हो मोबाइल जामर ?

मोबाइल फोन जामरले मोबाइल फोनले उत्सर्जन गर्ने बराबरको रेडियो फ्रिक्वेन्सी उत्सर्जित गर्दछ ।

यसका कारण मोबाइल फोन र मोबाइलको आधार स्टेशनकाबीचको सञ्चार टुट्छ जसले गर्दा जामरको रेन्जमा रहेका सबै मोबाइल फोनहरु अबरुद्ध हुनेगर्छन् ।

जामरलाई जुनसुकै स्थानमा पनि राख्न सकिन्छ । तर, विशेष गरेर ती स्थानमा राखिन्छ जहाँ हुने कामको प्रकृति मोबाइल कलले अबरोध पुराउने खालको हुन्छ ।

जामरले आधिकारिक मोबाइल सेवालाई अबरोध पु¥याउने भएकाले लाइसेन्स नलिइकन जामरको प्रयोगलाई धेरै देशहरुमा अपराध मानिन्छ ।

प्रयोगमा हुँदा यस्तो उपकरणले इमरेन्जी सेवालाई पनि अवरोध पु¥याउँछ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...