आयल निगमले तेल चोरको मुखमा लगाईदियो यस्तो भोटे ताल्चा,चुहावट र मिसावट नियन्त्रण हुदै



नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जले भारतबाट नेपालमा पेट्रोलियम पदार्थ आयात गर्ने ट्रयांकरहरुमा लकिङ सिस्टम (टयांकरमा ताला) सुरु गरेको छ।

भारतबाट पेट्रोलियम पदार्थ ढुवानी क्रममा हुने चोरी, चुहावट र मिसावट नियन्त्रण गर्दै पेट्रोलियम व्यापारलाई स्वच्छ बनाउन यस्तो प्रणालीलाई सुरु गरिएको आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले बताए। लकिङ सिस्टम लागू भएपछि भारतको गोन्डास्थित भारतीय आयल निगमको डिपोमा पेट्रोलियम पदार्थ भरिसके पछि ट्यांकरहरुमा विशेष किसिमको ताल्चा लगाएर ढुवानी गरिनेछ।

गोन्डामा लगाइएको ताला नेपालगन्जस्थित आयल निगमको डिपोमा मात्र खोल्न सकिने व्यवस्था मिलाइएको छ। गोन्डाबाट १ सय १२ वटा ट्यांकरहरुले पेट्रोलियम पदार्थ आयात गर्दै आएका छन्।

लकिङ सिस्टम लागू भएपछि ट्यांकर चालकहरुले बाटोमा तेल चोरी गर्ने, मिसावट गर्ने लगायतका बदमासीहरु नियन्त्रण हुने कार्यकारी निर्देशक भट्टराईले बताए।

निगमले लकिङ सिस्टम सिलगुढीबाट झापा आउने डिपोबाट सुरु गरेको हो। आगामी तीन महिनभित्र नेपालमा रहेका पेट्रोलियम पदार्थ ढुवानी गर्ने करिब १ हजार ८ सय ट्यांकरहरुमा यो सिस्टम लागू गर्ने तयारी भइरहेको कार्यकारी निर्देशक भट्टराईले बताए।

लकिङ सिस्टम लागू भएपछि चोरी तथा चुहावट र मिसावट हुन नपाउने भएकाले उपभोक्ताले सही परिमाणमा र शुद्धता पाउनेछन्।

निगमको तथ्यांकअनुसार नेपालमा हाल प्रतिमहिना ४० हजार केएल परिमाणमा पेट्रोल र १ लाख ४० हजार केएल परिमाणमा डिजेल तथा २० हजार केएल हवाई इन्धनको खपत हुन्छ। नेपालमा खपत हुने सबै पेट्रोलियम पदार्थ ट्यांकरमार्फत आयत हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्