ओली सरकारलाई सुताएरै छोड्ने भन्दै सिण्डिकेटको माग सहित व्यवसायीले गाडी तेर्स्याए बाटो रोके



हाम्रो इकोनोमि

सिण्डिकेटको माग गर्दै यातायात व्यवसायीले बुटबलमा चक्का जाम गरेका छन् ।

कार्यालय समय पारेर यातायात व्यवसायीले सडकमा गाडी रोकेर जाम गरेका हुन् ।
व्यवसायीले गाडी रोकेपछि राजमार्ग चौराह, बुटवल वसपार्क लगातय मुख्य सडकमा अन्यसवारीको जाम रहेको छ । केही घन्टा सडकमा गाडी राखेका व्यवसायीले क्यू अनुसार नहिडेर स्वतन्त्र रुपमा गाडी चलाउने तयारी गरेका छन् ।

यातायात क्षेत्रमा व्यवसायीको सिन्डिकेट अन्त्य गर्न भन्दै त्यस सम्बन्धी कार्यविधि संसोधन गरि यातायात व्यवस्था विभागले नयाँ प्रावधान ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले यातायात समितिलाई नविकरण नगर्ने निर्णय गरेको थियो ।
तर व्यवसायीहरूले भने सरकारले एकलौटी रुपमा निर्णय गरेको भन्दै त्यसलाई आफूहरुले नमान्ने धम्की दिँदै आएका छन् ।

नयाँ व्यवस्थाले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठ्ने र नयाँ कम्पनीहरुलाई समेत प्रतिस्पर्धामा आउन बाटो खुल्ने सरकारी दाबी छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...