चिसो पानीलाई आगो बिनै भक्-भकी उमाल्न सक्ने क्षमता छ प्रचण्डले ओलीलाई खरानी पार्छन



हाम्रो इकोनोमि

एक टेलिभिजन कार्यक्रममा प्रस्तोताले माओवादी केन्द्रकी प्रवक्ता तथा सांसद पम्फा भुषाललाई प्रश्न गरे एमाले–माओवादी एकिकरणपछि प्रचण्डको हैसियत माधवकुमार नेपाल,झलनाथ खनाल लगायतका नेताको जस्तै पहिलो वा दोस्रो होइन तेस्रो चौथो नेता हुनेछन् हो ?

प्रश्नको जवाफ दिदैं भुषालले भनिन्,‘यो कल्पना भन्दा बाहिरको कुरा हो,प्रचण्ड यस्ता नेता हुन् जसले जमेको ताललाई समेत भुलभुल गराउन सक्छन्।उनी एक गतिशील र चलायमान नेता हुन्।’

प्रचण्ड जोसँग पनि मिलेर काम गर्न सक्ने बहुप्रतिभाशाली नेता हुन्।समय र परिस्थिती अनुसार आफ्नो स्वभाव र चाल बदल्न सक्छन्।विस बर्ष यता नेपालको सम्पूर्ण राजनीति प्रचण्डको सेरोफेरोमा घुमेको भुषालको भनाई छ।

प्राविधिक कारणले पार्टी एकता ढिला भएको मात्र हो। तर पार्टी एकतामा कुनै शंका छैन,भएरै छोड्छ। केहि पार्टी एकता नहोस् भन्ने शक्ति छन् तिनीहरुले विभिन्न खालको भ्रम छरिदिने र एकता भाड्ने कोसिश गरिरहेका छन् तर तिनीहरुको अवरोध र भ्रम चिर्दै पार्टी एकता भएरै छोड्ने भुषालले दावी गरिन्।

प्रधानमन्त्री ओलीको भारत भ्रमण,रारा तालको कार्यक्रम लगायत अन्य कुरामा व्यस्तता भएर पार्टी एकिकरण विलम्ब भएको हो।पार्टी एकता एमालेमा विलय र प्रवेश होइन,यो सम्मानजनक र न्यायोचित एकता हो।सम्मानजनक एकता दुवैतर्फबाट हुने भुषालको भनाई छ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिती र भारतीय प्रधानमन्त्रीको हुने नेपाल भ्रमणको मिती तय दुवै भारतले गरेकोमा भुषालले असन्तुष्टि व्यक्त गरिन्।सरकारको कामकारबाही बारे अहिल्यै टिकाटिप्पणी गर्नु हतार हुने भन्दै आफ्ना पार्टीका मन्त्रीहरुलाई प्रचण्डले राम्रो काम गर्न निर्देशन दिएको भुषालले जानकारी दिईन्।

प्रधानमन्त्री ओलीलाई नयाँ केहि काम गरेर देखाउँ भन्ने हुटहुटि छ,परिणाम देखाउँ भन्ने चाहना छ।जनताले स(सना कुरामा पनि सुधार खोजेका छन् त्यसको लागी सबैले साथ दिनुपर्ने र मन लगाएर काम गर्ने हो भने नेपालका ब्युरोक्रेसी एकदमै सक्षम रहेको र ब्युरोक्रेसीले असहयोग गर्ने हो भने जसले जति उफ्रिए पनि केहि नहुने भुषालको बुझाई छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...