ओली र प्रचण्ड मात्रैले एकताको कुरा मिलाउन सक्दैनन् भन्दै माधब नेपालले दिए यस्तो विकल्प



हाम्रो इकोनोमि

एमाले बरिष्ठ नेता माधव नेपालले एमाले–माओवादी केन्द्रबीचको एकता टुङ्ग्याउन आवश्यक परे दुई शीर्ष नेताको साटो ४ नेतालाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।

‘पार्टी एकता संयोजन समितिमा मिल्न बाँकी कुरा मिलाउन दुई नेता (ओली र प्रचण्ड) लाई जिम्मा दिइयो’ एकता संयोजन समितिका सदस्य समेत नेपाले विशेष कुराकानी गर्दै भने, ‘त्यो बेला पनि मैले तपार्ईंहरु दुईजनाले मात्र टुङ्ग्याउन गार्‍हो हुन्छ भने अरु दुईजना पनि थप्नुस् र कुराकानी गर्नुस् भनेको थिएँ, यसो गर्दा काम गर्न सहज हुन्थ्यो।’

एकता संयोजन समितिको ४ बैशाखको बैठकले बाँकी विषय टुङ्ग्याउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ।

दुई नेताले पाएको जिम्मा ४ जना नेतालाई दिइएको भए यतिबेलासम्म एकताको विषय टुङ्गिन सक्ने नेता नेपालकाे भनाइ छ। अध्यक्ष हुनुको नाताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति व्यस्त छन्। प्रधानमन्त्री समेत भएकाले एमाले अध्यक्ष केपी ओली झन् व्यस्त छन् र उनीहरुबीच पर्याप्त कुराकानी हुन नसकेकाे उनकाे ठम्याइ छ।

‘दुई नेतामात्र बाँकी विषय टुङ्ग्याउनुको साटो चार नेतालाई जिम्मा दिइएको भए सजिलो हुन्थ्यो, उहाँ (ओली र प्रचण्ड) व्यस्त भएका बेला बाँकी दुई नेताले ‘वर्कआउट’ गर्ने थिए’ नेपालले थपे, ‘यही कुरा बुझेर मैले त्यो बैठकमा चारजना नेतालाई जिम्मा दिऊँ भनेको थिएँ। यो तरिका अपनाउनु पर्छ भन्ने कुरा मलाई अहिले पनि लागिरहेको छ।’

‘४ बैशाखको बैठकमा किन ओली र प्रचण्डलाई मात्र जिम्मा दिइयो त?’ प्रश्नमा नेपालले जवाफ दिए, ‘उहाँहरुलाई आफैले पार लगाउन सकिन्छ कि भन्ने भयो होला। धेरै जनाको बीचमा वार्ता छलफल गर्ने कुरालाई म पनि सिफारिस गर्दिन। तर उहाँहरुको व्यस्त हुने स्थितिमा चार जनालाई जिम्मा दिइएको भए सहज हुने थियो।’

प्रतिक्रिया दिनुहोस
सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...

काठमाडौं उपत्यकाका सुकुमबासी बस्ती खाली गर्ने सरकारको तयारी

    सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुमबासी बस्ती खाली गर्ने तयारी...