ओली र प्रचण्ड मात्रैले एकताको कुरा मिलाउन सक्दैनन् भन्दै माधब नेपालले दिए यस्तो विकल्प



हाम्रो इकोनोमि

एमाले बरिष्ठ नेता माधव नेपालले एमाले–माओवादी केन्द्रबीचको एकता टुङ्ग्याउन आवश्यक परे दुई शीर्ष नेताको साटो ४ नेतालाई जिम्मेवारी दिनुपर्ने बताएका छन्।

‘पार्टी एकता संयोजन समितिमा मिल्न बाँकी कुरा मिलाउन दुई नेता (ओली र प्रचण्ड) लाई जिम्मा दिइयो’ एकता संयोजन समितिका सदस्य समेत नेपाले विशेष कुराकानी गर्दै भने, ‘त्यो बेला पनि मैले तपार्ईंहरु दुईजनाले मात्र टुङ्ग्याउन गार्‍हो हुन्छ भने अरु दुईजना पनि थप्नुस् र कुराकानी गर्नुस् भनेको थिएँ, यसो गर्दा काम गर्न सहज हुन्थ्यो।’

एकता संयोजन समितिको ४ बैशाखको बैठकले बाँकी विषय टुङ्ग्याउने जिम्मा एमाले अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ।

दुई नेताले पाएको जिम्मा ४ जना नेतालाई दिइएको भए यतिबेलासम्म एकताको विषय टुङ्गिन सक्ने नेता नेपालकाे भनाइ छ। अध्यक्ष हुनुको नाताले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जति व्यस्त छन्। प्रधानमन्त्री समेत भएकाले एमाले अध्यक्ष केपी ओली झन् व्यस्त छन् र उनीहरुबीच पर्याप्त कुराकानी हुन नसकेकाे उनकाे ठम्याइ छ।

‘दुई नेतामात्र बाँकी विषय टुङ्ग्याउनुको साटो चार नेतालाई जिम्मा दिइएको भए सजिलो हुन्थ्यो, उहाँ (ओली र प्रचण्ड) व्यस्त भएका बेला बाँकी दुई नेताले ‘वर्कआउट’ गर्ने थिए’ नेपालले थपे, ‘यही कुरा बुझेर मैले त्यो बैठकमा चारजना नेतालाई जिम्मा दिऊँ भनेको थिएँ। यो तरिका अपनाउनु पर्छ भन्ने कुरा मलाई अहिले पनि लागिरहेको छ।’

‘४ बैशाखको बैठकमा किन ओली र प्रचण्डलाई मात्र जिम्मा दिइयो त?’ प्रश्नमा नेपालले जवाफ दिए, ‘उहाँहरुलाई आफैले पार लगाउन सकिन्छ कि भन्ने भयो होला। धेरै जनाको बीचमा वार्ता छलफल गर्ने कुरालाई म पनि सिफारिस गर्दिन। तर उहाँहरुको व्यस्त हुने स्थितिमा चार जनालाई जिम्मा दिइएको भए सहज हुने थियो।’

प्रतिक्रिया दिनुहोस
पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...

आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...