८८ किलो सुन तस्करी गर्ने अभियुक्त सर्वोच्च अदालतमा पुग्दा प्रहरीले पाएन चाल,धरौटीमा रिहा हुन माग



हाम्रो इकोनोमि

८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई व्यक्ति जिल्ला र उच्च अदालतको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालत पुगेका छन्।

८८ किलो सुन तस्करीमा प्रत्यक्ष संलग्न भनी प्रहरीले सुन तस्करी र संगठित अपराधमा विपक्षी बनाएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खे सर्वोच्च पुगेका हुन्।

काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले भदौ १९ गते रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले भित्र्याइएको ८८ किलो सुन बरामद गरेको थियो। क्षेत्रपाटीमा पार्किङ गरिएको एक गाडीबाट उक्त सुन बरामद भएको थियो।

तस्करी प्रकरणमा प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले कात्तिक १७ गते चार जना चिनियाँ नागरिकसहित ११ जना विरुद्ध संगठित अपराधसहितको मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर गरेको थियो। अभियुक्तहरु विरुद्ध पाँच वर्ष कैद सजाय र ४३ करोड ५६ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो।

दुई महिना लामो अनुसन्धानपछि प्रहरीले उनीहरु विरुद्ध दुई वटा मुद्दा दायर गरेको थियो। प्रहरीले सुन बोकेर ल्याउने गाडीका चालकलाई भने निर्दोष ठानेर मुद्दा दायर गरेको थिएन।

उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनीहरु बैसाख १० गते सर्वोच्च अदालत पुगेका हुन्। उच्च अदालतले उनीहरुलाई सुन तस्करीमा संलग्न रहेको भन्दै थुनामा पठाएपछि उनीहरु त्यस विरुद्ध सर्वोच्च आएका हुन्।

बुधबार उनीहरुको मुद्दा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको इजलासमा पेशी तोकिएको थियो। उक्त मुद्दा सरकारी पक्षले हटाएपछि सुनुवाइ सरेको छ।

सुन तस्करीको मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। प्रहरीले ४ चिनियाँ नागरिकसहित नेपाली नागरिकहरु गणेशदत्त बडु, सत्यनारायाण अग्रवाल, शुभरत्न शाक्य, नन्दकुमार पाण्डुरंग मगर्ले, मानबहादुर तामाङ, उल्हास दिनकर सालुङ्गे र ल्याक्पा ग्याल्जोङ विरुद्ध मुद्दा दायर गरेको थियो।

चिनियाँ नागरिकहरु याङ वे मिङ, पान वे मिङ, झाङ होङ लियाङ र हिसे साङ्बो लामा विरुद्ध पनि मुद्दा दायर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...