डिएसपी हुँदा चक्रे मिलनका सहयोगी रहेका खनालले गोरे बाट सात करोड लिए,सर्बेन्द्र खनालको नाम यसरी बेचे



हाम्रो इकोनोमि

सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती (गाेरे) का अपराधिक गतिविधमा प्रत्यक्ष संलग्न रहँदै अाएका नेपाल प्रहरीका एसपी विकासराज खनालविरूद्ध मोरङ प्रहरीले कर्तब्य ज्यान तथा संगठित अपराध निवारण ऐनअनुसार म्याद थप गरेकाे छ।

मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
सरकारले सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित छानवीन समितिले बुधबार नियन्त्रणमा लिएका एसपी खनालबिरुद्ध बिहीबार मोरङ जिल्ला अदालतबाट अनुसन्धान म्याद थप भएको हो। काठमाडाैंमा पक्राउ गरी उनलाइ प्रहरीले मोरङ पठाएकाे थियाे।

मकवानपुर प्रहरी प्रमुख रहेका उनी मंगलबार अनुसन्धान समितिमा हाजिर भएका थिए। समितिले मंगलबारै करिब ६ घण्टाभन्दा बढी बयान लिएपछि पक्राउ गरेकाे थियो।

यसैगरी बिहीबार समितिको सम्पर्कमा आएका डिएसपी सञ्जयबहादुर राउतलाई ६ दिनको अनुसन्धान म्याद दिएको अदालतका श्रेष्तेदार नवराज दुलालले बताए। यस्तै सई बालकृष्ण सञ्जेललाई समेत थुनामा राखेर अनुसन्धान गर्न ७ दिनकाे म्याद अदालतले दिएको छ।

मोरङ प्रहरीले तीनै जनाविरूद्ध कर्तब्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएकाे हाे। समिति स्रोतका अनुसार गोरेको डायरीमा ‘एसपी खनाल’ भनेर उनलाई बुझाएको रकमको फेहरिस्त उल्लेख छ। यस्तै उनी बारम्बार गोरेसँग सम्पर्कमा रहेको कल डिटेल्सबाट खुलेकाे छ। गत वर्ष पुसमा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुनकाण्डमा समेत विकास खनालकाे नाम मुछिएकाे थियाे। त्यतिबेला पैसाकाे भरमा शक्ति केन्द्र रिझाएर उम्किन सफल उनी यस पटक प्रधानमन्त्री केपी शर्मा अाेलीकाे निर्देशनमा बनेकाे समितिबाट पक्राउ परेका हुन्।

डेढ वर्ष अगाडि प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराेले मानव तस्करीसम्बन्धी मुद्दा अनुसन्धान गर्दै जाँदा विमानस्थल प्रहरी प्रमुख रहेका उनै खनालसम्म जालाे पुगेकाे भेटेकाे थियाे। सिअाइबीले ‘यथेष्ट प्रमाण अभाव’ रहेकाे भन्दै मुद्दा अघि नबढाउँदा उनी बच्न सफल भएका थिए।

प्रहरी स्रोतअनुसार डिएसपीका रुपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रमुख रहँदा उनले गुण्डा नाइके चक्रे मिलन समूहका सहयाेगी थिए। निम्न-मध्यम वर्गीय परिवारका उनकाे अार्थिक हैसियत डिएसपी रहँदैदेखि अप्राकृतिक ढंगले वृद्धि भएकाे ब्याची प्रहरी अधिकारीहरू बताउँछन्।

समिति स्रोतअनुसार गत फागुन १८ गते उर्लाबारीका सनम शाक्यको शब बरामद हुनु केही दिन अघि उनी र गोरेबीच टेलिफोन सम्वाद भएको प्रमाण फेला परेको छ। प्रहरीभित्र बाठा अधिकारीका रुपमा एसपी खनालले आफूलाई वर्तमान महानिरीक्षक सर्वेन्द्र खनाल निकट बताउँदै अाएका थिए। सर्वेन्द्र खनाल प्रहरी प्रमुख नियुक्त भएसँगै महानिरीक्षक सचिवालयमा आउन प्रयास गरिरहेका बेला उनी सुनकाण्डकाे छानवीनमा तानिएका हुन्। उनकी श्रीमतीको बैक खातामा ७ करोड भएको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...