प्रहरी भित्रका तीन भाई कलिपोकेलाई ज्यानमारा मुद्दामा जेलमा कोचियो,सुन काण्डले प्रहरीका किरा सखाप हुदै



हाम्रो इकोनोमि

साढे ३३ केजी सुन प्रकरणमा मुछिएका तीन प्रहरी अधिकारीलाई मोरङ पुर्‍याइएको छ । उनीहरुलाई बिहीबार जिल्ला अदालत, मोरङ पेश गरिएको छ ।

पक्राउ गरेका प्रहरी अधिकारीहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई म्याद थप गर्नका लागि जिल्ला अदालत, मोरङ पेश गरेको हो ।
तीनै जनामाथि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

साढे ३३ केजी सुनका मालिक गोरे भनिने चुडामणि उप्रेतीसँग शंकास्पद सम्बन्ध भएको निष्कर्षसहित उनीहरुलाई छानबिन समितिले बयानपछि नियन्त्रणमा लिएको थियो ।

यसअघि गत आइतबार नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौलालाई पनि बयानपछि समितिले नियन्त्रणमा लिएको थियो । उनीमाथि पनि संगठित अपराध र कर्तव्य ज्यान अन्तरगत मुद्दा चलाइएको छ ।

गत ७ माघमा यूएर्इबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । र, त्यो सुन खोज्ने क्रममा भरिया शाक्यलाई टर्चर दिएर हत्या गरिएको थियो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप छ । यसबारे छानविनका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमख एसएसपी दिवेश लोहोनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल हेडक्वार्टर तानिएका थिए ।
सुन गायब र हत्यामा प्रहरीकै मिलेमतो रहेको आशंकामा अनुसन्धानका लागि गृह मन्त्रालयले सह–सचिव ईश्वर पौडेल नेतृत्वको छानवीन समिति गठन गरेको थियो ।
घटनामा संलग्न हालसम्म २२ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...