मध्यरात जग्गेमै पुगेर प्रहरीले यसरी रोकिदियो बिहे,बेहुलो बेहुली नपाए पछी डाको छोडेर रोयो



हाम्रो इकोनोमि

धनुषामा हुँदै गरेको अवस्थामा बालविवाह रोकिएको छ। उमेर नपुगी बिहा गर्न लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त बालविवाह रोकेको हो।

धनुषाधाम नगरपालिका ५ पर्वता टोलमा बुधवार राति करिब पौने ११ बजे विवाहको लागि यज्ञ भइरहेको ठाउँमा पुगेको प्रहरी टोलीले विवाह रोकेको हो।

पर्वता बस्ने श्यामपृत महतोकी १५ वर्षीया छोरी अनिताकुमारी र छिमेकी जागेश्वर महतोका १८ वर्षीय छोरा मिथिलेशकुमारबीच हुन लागेको थाहा पाएपछि प्रहरीले रोक लगाएको हो।

बालविवाह भइरहेको खबर स्थानीय एक व्यक्तिले जिप्रका धनुषामा फोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी उमाप्रेमपुरका इन्चार्ज धर्मराज ढकालको नेतृत्वमा गएको टोलीले विवाह रोकेको हो।

प्रहरीका अनुसार अनिता र मिथिलेसबीच प्रेम सम्बन्ध भएकोले दुवैका अभिभावकहरुले अहिले नै बलपूर्वक बिहे गराउन दबाब दिएका थिए। वडा नं ५ का वडाध्यक्ष इन्द्रकुमार महतोले बालविवाह रोकेर प्रहरीले सही काम गरेको बताए। बालविवाह रोक्न जनचेतनामूलक कार्यक्रम ठाउँठाउँमा गरिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...