मध्यरात जग्गेमै पुगेर प्रहरीले यसरी रोकिदियो बिहे,बेहुलो बेहुली नपाए पछी डाको छोडेर रोयो



हाम्रो इकोनोमि

धनुषामा हुँदै गरेको अवस्थामा बालविवाह रोकिएको छ। उमेर नपुगी बिहा गर्न लागेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले उक्त बालविवाह रोकेको हो।

धनुषाधाम नगरपालिका ५ पर्वता टोलमा बुधवार राति करिब पौने ११ बजे विवाहको लागि यज्ञ भइरहेको ठाउँमा पुगेको प्रहरी टोलीले विवाह रोकेको हो।

पर्वता बस्ने श्यामपृत महतोकी १५ वर्षीया छोरी अनिताकुमारी र छिमेकी जागेश्वर महतोका १८ वर्षीय छोरा मिथिलेशकुमारबीच हुन लागेको थाहा पाएपछि प्रहरीले रोक लगाएको हो।

बालविवाह भइरहेको खबर स्थानीय एक व्यक्तिले जिप्रका धनुषामा फोनमार्फत जानकारी गराएपछि प्रहरी चौकी उमाप्रेमपुरका इन्चार्ज धर्मराज ढकालको नेतृत्वमा गएको टोलीले विवाह रोकेको हो।

प्रहरीका अनुसार अनिता र मिथिलेसबीच प्रेम सम्बन्ध भएकोले दुवैका अभिभावकहरुले अहिले नै बलपूर्वक बिहे गराउन दबाब दिएका थिए। वडा नं ५ का वडाध्यक्ष इन्द्रकुमार महतोले बालविवाह रोकेर प्रहरीले सही काम गरेको बताए। बालविवाह रोक्न जनचेतनामूलक कार्यक्रम ठाउँठाउँमा गरिनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...