प्रमुख निर्वाचन आयुक्त अयोधिलाई घरमा बम हानेर धर धरी रुवाउने यी चार भाई कोचिए खोरमा



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । वैशाख ९ गते यादवको हात्तिवनस्थित निवासमा एउटा बम विष्फोट गराइएको थियो भने निवास परिसरमा राखिएको अर्को शंकाष्पद बस्तुलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो ।

प्रहरीले बम विष्फोटमा संलग्न रहेको आशंकामा ललितपुरका मोहनप्रसाद शिवाकोटी, काठमाडौंका युवराज पराजुली, शुरेन्द्र भन्ने ढकबहादुर श्रेष्ठ र भिमसेन घिमिरेलाई नियन्त्रणमा लिएको छ । ‘विष्फोटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) गणेश ऐरले भने, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।’

सरकारले यादवको निवास सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेपछि उनको घरमा बम विष्फोट भएको थियो । विष्फोटपछि महानगरीय प्रहरी परिसर लतिलपुरले उनको घरको सुरक्षार्थ प्रहरी परिचालन गरेको छ ।
प्रहरी स्रोतका अनुसार नेकपा (माओवादी) विप्लव समुहले विष्फोट गराएको आशंका गरिएको छ । यद्यपि, विप्लव समुहले अहिलेसम्म घट्नाको जिम्मेवारी लिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...