प्रमुख निर्वाचन आयुक्त अयोधिलाई घरमा बम हानेर धर धरी रुवाउने यी चार भाई कोचिए खोरमा



हाम्रो इकोनोमि

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा बम विष्फोट गराएको आशंका प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । वैशाख ९ गते यादवको हात्तिवनस्थित निवासमा एउटा बम विष्फोट गराइएको थियो भने निवास परिसरमा राखिएको अर्को शंकाष्पद बस्तुलाई नेपाली सेनाको टोलीले निस्क्रिय पारेको थियो ।

प्रहरीले बम विष्फोटमा संलग्न रहेको आशंकामा ललितपुरका मोहनप्रसाद शिवाकोटी, काठमाडौंका युवराज पराजुली, शुरेन्द्र भन्ने ढकबहादुर श्रेष्ठ र भिमसेन घिमिरेलाई नियन्त्रणमा लिएको छ । ‘विष्फोटमा संलग्न चार जनालाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख (एसएसपी) गणेश ऐरले भने, ‘पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको छ ।’

सरकारले यादवको निवास सुरक्षार्थ खटिएका प्रहरी फिर्ता गरेपछि उनको घरमा बम विष्फोट भएको थियो । विष्फोटपछि महानगरीय प्रहरी परिसर लतिलपुरले उनको घरको सुरक्षार्थ प्रहरी परिचालन गरेको छ ।
प्रहरी स्रोतका अनुसार नेकपा (माओवादी) विप्लव समुहले विष्फोट गराएको आशंका गरिएको छ । यद्यपि, विप्लव समुहले अहिलेसम्म घट्नाको जिम्मेवारी लिएको छैन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...