देउवाका घण्टे आजीपीको मुद्दा अवकाश पाएपछि सर्बोच्च अदालतले यसरी गरिदियो खारेज



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा नेपाल प्रहरीका तत्कालीन एआइजी जयबहादुर चन्दले दायर गरेको मुद्दा खारेज भएको छ। चन्दले अवकाश पाएपछि मुद्दाको टुंगो लागेको हो।

आफ्नो नियुक्तिलाई सरकारले खारेज गरी अर्काे गैरकानुनी नियुक्ति भएको भन्दै चन्दले गत भदौमा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। सर्वाेच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले बिहीबार रिट खारेज गरेको हो।

सरकारले २०७३ फागुन १ गते उनलाई महानिरीक्षकमा बढुवा गरेको थियो। सोही दिन सर्वाेच्चले सो निर्णय कार्यान्वायन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। एक महिनापछि सो निर्णय खारेज गर्दै कार्यसम्पादन मूल्यांकन आधारमा बढुवा गर्न सर्वाेच्चले परमादेश दिएको थियो। सोही अनुसार सरकारले प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको थियो। त्यसविरुद्ध चन्द अदालत गएका थिए। अर्याल र चन्द दुवैले गत चैत २८ गते अवकाश पाइसकेका छन्।

चन्दले २०७४ भदौ १४ गते सर्वोच्चमा रिट हालेका थिए। अदालतले तत्कालीन डिआइजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णयलाई सदर गर्ने २०७४ भदौ २७ गते फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...