देउवाका घण्टे आजीपीको मुद्दा अवकाश पाएपछि सर्बोच्च अदालतले यसरी गरिदियो खारेज



प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा नेपाल प्रहरीका तत्कालीन एआइजी जयबहादुर चन्दले दायर गरेको मुद्दा खारेज भएको छ। चन्दले अवकाश पाएपछि मुद्दाको टुंगो लागेको हो।

आफ्नो नियुक्तिलाई सरकारले खारेज गरी अर्काे गैरकानुनी नियुक्ति भएको भन्दै चन्दले गत भदौमा सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए। सर्वाेच्चका न्यायधीशद्वय आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलाशले बिहीबार रिट खारेज गरेको हो।

सरकारले २०७३ फागुन १ गते उनलाई महानिरीक्षकमा बढुवा गरेको थियो। सोही दिन सर्वाेच्चले सो निर्णय कार्यान्वायन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। एक महिनापछि सो निर्णय खारेज गर्दै कार्यसम्पादन मूल्यांकन आधारमा बढुवा गर्न सर्वाेच्चले परमादेश दिएको थियो। सोही अनुसार सरकारले प्रकाश अर्याललाई महानिरीक्षकमा नियुक्त गरेको थियो। त्यसविरुद्ध चन्द अदालत गएका थिए। अर्याल र चन्द दुवैले गत चैत २८ गते अवकाश पाइसकेका छन्।

चन्दले २०७४ भदौ १४ गते सर्वोच्चमा रिट हालेका थिए। अदालतले तत्कालीन डिआइजी अर्याललाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने सरकारको निर्णयलाई सदर गर्ने २०७४ भदौ २७ गते फैसला सुनाएको थियो।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९