प्रहरीलाई धुल्याउन खोज्ने धमिरालाई साफ पार्न किटनाशक ओखतीको प्रयोग गरेको यसरी खुलाए आइजीपीले



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र नै बसेर संगठनको वदनाम गर्ने ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् । र उनले त्यस्ता धमिरा मार्न किटनाशक ओखतीको प्रयोग समेत गरिएको बताए।

जिल्ला प्रहरी कार्यालय चितवनका निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको बताए ।

उनले भने, ‘केहि कामहरुको जनताले अनुभूति गर्नु भइसकेको छ । अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने नै हो ।’

प्रहरी प्रमुख खनालले केही नालायक सदस्यहरुले गरेका अपराध कर्मलाई लिएर पुरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताए ।

राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने भन्दै उनले भने ‘संगठनमा केही त्यस्ता केही किराहरु हुन्छन् । त्यसलाई फाल्नुपर्छ ।’
उनले प्रदेशमा प्रहरीको संरचना कसरी व्यवस्थापनबारे गृह मन्त्रालयले काम गरिरहेको उनलेबताए । प्रहरी प्रमुख खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस
ट्रम्प सहभागी रात्री भोजमा गोली चल्यो

    शनिबार भइरहेको एउटा रात्री भोजमा अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पलगायतका सहभागी थिए...

सुकुमवासी बस्तीको जबरजस्ती विस्थापन अन्तिम विकल्प होइन : एमाले

    नेकपा एमालेले सुकुमवासी बस्ती हटाउने सरकारको तयारीप्रति आपत्ति जनाउँदै मौलिक अधिकार,...

सुकुमवासी बस्तीमा सरकारविरुद्ध प्रदर्शन

    सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ...

इजरायल र लेबनानबीच तीन साताको लागि युद्धविराम

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि...