प्रहरीलाई धुल्याउन खोज्ने धमिरालाई साफ पार्न किटनाशक ओखतीको प्रयोग गरेको यसरी खुलाए आइजीपीले



प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र नै बसेर संगठनको वदनाम गर्ने ‘किरा’हरुलाई फाल्ने क्रम सुरु भएको बताएका छन् । र उनले त्यस्ता धमिरा मार्न किटनाशक ओखतीको प्रयोग समेत गरिएको बताए।

जिल्ला प्रहरी कार्यालय चितवनका निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै खनालले जनताले अनुभूति गर्ने गरी अपराध नियन्त्रण तथा अनुसन्धानको कार्यलाई अगाडि बढाइएको बताए ।

उनले भने, ‘केहि कामहरुको जनताले अनुभूति गर्नु भइसकेको छ । अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने नै हो ।’

प्रहरी प्रमुख खनालले केही नालायक सदस्यहरुले गरेका अपराध कर्मलाई लिएर पुरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताए ।

राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने भन्दै उनले भने ‘संगठनमा केही त्यस्ता केही किराहरु हुन्छन् । त्यसलाई फाल्नुपर्छ ।’
उनले प्रदेशमा प्रहरीको संरचना कसरी व्यवस्थापनबारे गृह मन्त्रालयले काम गरिरहेको उनलेबताए । प्रहरी प्रमुख खनालले सरकार र जनताको अपेक्षा पूरा गर्ने गरी काम गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए ।

प्रतिक्रिया दिनुहोस
झ्याप्ले खोलामा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    धादिङको धुनीबेशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३५ पुगेको

बाढी–पहिरोबाट मृत्यु हुनेको संख्या १३२ पुग्यो

  बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा परी मुत्यु हुनेको संख्या १३२

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु

    पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको

झ्याप्ले खोला पहिरोबाट २९ वटा शव निकालियो

    धादिङ र काठमाडौंको सिमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोबाट हालसम्म २९