माओबादीका मन्त्रीका पछी पछी प्रधानमन्त्रीले खटाए जासुस,माल खाएको चाल पाए मात्र मन्त्री पद ढुस



हाम्रो इकोनोमि

संयुक्त सरकारमा प्रधानमन्त्रीभन्दा मन्त्रीहरु बलियो हुने परिपाटी अन्त्य गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमाथि कडा निगरानी सुरु गरेका छन् । उनले मन्त्रीका गलत क्रियाकलाप पुष्टि हुने प्रमाण भेटिए स्पष्टिकरणको मौकासमेत नदिने स्पष्ट पारिसकेका छन् ।

ओलीले पछिल्लो समय मन्त्रीका गतिविधिमाथि निगरानीमात्रै राखेका छैनन्, कतिपय ठूला निर्णयमा हस्तक्षेप गरेका छन् । बुधबार मात्रै प्रधानमन्त्रीले बिभागीय मन्त्री (गृहमन्त्री रामबहादुर थापा)लाई क्रस गर्दै सुन काण्डबारे ब्रिफिङ लिए ।

सुन काण्डका दोषिलाई उन्मुक्तिको सूचना आएपछि प्रधानमन्त्री ओलीले पछिल्लो समय आफैं अग्रसरता लिएका छन् । ‘सुन काण्डमा भीभीआईपीसमेत जोडिएको सूचना आउन थालेपछि प्रधानमन्त्रीले सुन काण्ड छानबिन समितिलाई बोलाउनुभएको हो,’ गृहमन्त्रालयको उच्च स्रोत भन्छ, ‘निष्पक्ष छानबिनका लागि प्रधानमन्त्रीको साथ, समर्थन छ ।’

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले २ घण्टा बढी ब्रिफिङ गरेपछि प्रधानमन्त्री ओलीले ‘कसैका कुरा नसुनी छानबिन गर्न’ कडा निर्देशन दिएका थिए । प्रधानमन्त्रीले भीभीआईपीसमेत सुन काण्डमा मुछिए सार्वजनिक गर्न निर्देशन दिए ।

सुन काण्डमात्रै होइन सुशासनका लागि प्रधानमन्त्रीले आफ्नो टिम सानो बनाउनेदेखि मन्त्री, स्वकीय सचिव र मन्त्रीका परिवारका सदस्यलाई पनि निगरानीमा राख्न निर्देशन दिएका छन् । सुत्रहरुका अनुसार कतिपय मन्त्रालयमा भएका आर्थिक अनियमितता, भ्रष्टाचार र ‘पोलिसी करप्सन’ हेर्न अप्रत्यक्षरुपमा व्यक्तिहरु खटाइएका छन् ।

प्रधानमन्त्रीले केही समयअघि सचिवालयलाईसमेत भनसुन र भ्रष्टाचारजन्य क्रियाकलापबाट टाढा रहन निर्देशन दिएका थिए । सचिव सरुवमा हुने अनियमितता रोक्न प्रधानमन्त्रीले एक्कासी सरुवा गरेर मन्त्रीहरुलाई जिल्ल बनाएका थिए । त्यही कारण देखाउँदै माओवादी केन्द्रका मन्त्रीहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए । दाहाललाई उल्टै प्रधानमन्त्रीले सचिव सरुवा प्रधानमन्त्रीकै तजबिजमा गर्ने नजिर बसाएको भन्दै आगामी दिनमा मन्त्रीका कुरा नसुन्ने जवाफ दिएर फर्काएका थिए । ओलीले माओबादीका हरेक मन्त्रीका पछी २ जना जासुस परिचालन गरेको श्रोतले बतायो।
प्रधानमन्त्री ओलीले श्रीमान मन्त्री बन्नासाथ घरमा मन्त्राणीहरु सुझाव पेस गर्न ‘सक्रिय’ हुने गरेको विगतलाई रोक्नु पर्ने बताएका छन् । उनले विगतमा धेरै पटक मन्त्री बनेकाहरु ‘मन्त्राणीहरु’ को सुझाव काट्न नसक्दा धमिलो छवि बनाउनु पर्ने वाध्यताबाट बाहिरिएको तितो यथार्थ सुनाउादै अहिलेका मन्त्रीले घरका मन्त्राणीहरुको नभई जनताको सुझावका आधारमा काम गर्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री ओलीले यो समय देश समृद्ध बनाउनु पर्ने समय भएकाले आफ्नो परिवारको स्वार्थभन्दा माथि उठेर देश विकासका लागि दत्तचित भएर लाग्नु पर्ने औंल्याएका थिए । सरकार सबैको सुझाव लिने तर कसैको दबाबमा नपर्ने दोहोर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...