चीनमा ‘मोस्ट वान्टेड’ नेपालमा गिरफ्तार,यी चिनियाँ महिलालाई पाता कस्न चीनिया पुलिस नेपालमा



हाम्रो इकोनोमि

करोडौं रकम हिनामिना गरेको आरोपमा चीनबाट फरार एक चिनियाँ महिलालाई नेपाल प्रहरीले बौद्धमा पक्राउ गरेको छ। झाङ गोयुन नाम गरेकी ती महिला बुधबार पक्राउ परेकी हुन्।

पासपोर्ट नम्बर ई ५९९६६८५२ नम्बर भएकी उनलाई अध्यागमन विभागले चीन निष्काशनको तयारी गरेको छ। उनी नेपाल आएको थाहा पाएपछि चीन सरकारले उनको पासपोर्ट रद्द गरेको थियो।

चीनले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनलाई महिलाबारे सूचना पाएको थियो। इन्टरपोलसँगकै सहकार्यमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

रद्द भएको पासपोर्ट प्रयोग भएकाले पक्राउ परेकी चिनियाँ महिलाविरुद्ध कारबाही अघि बढाइएको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए। स्रोतका अनुसार उनलाई लिन चिनियाँ प्रहरीको टोली काठमाडौं आएको छ। उनी ठूलो वित्तीय अपराधमा संलग्न भएको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...