चीनमा ‘मोस्ट वान्टेड’ नेपालमा गिरफ्तार,यी चिनियाँ महिलालाई पाता कस्न चीनिया पुलिस नेपालमा



हाम्रो इकोनोमि

करोडौं रकम हिनामिना गरेको आरोपमा चीनबाट फरार एक चिनियाँ महिलालाई नेपाल प्रहरीले बौद्धमा पक्राउ गरेको छ। झाङ गोयुन नाम गरेकी ती महिला बुधबार पक्राउ परेकी हुन्।

पासपोर्ट नम्बर ई ५९९६६८५२ नम्बर भएकी उनलाई अध्यागमन विभागले चीन निष्काशनको तयारी गरेको छ। उनी नेपाल आएको थाहा पाएपछि चीन सरकारले उनको पासपोर्ट रद्द गरेको थियो।

चीनले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठनलाई महिलाबारे सूचना पाएको थियो। इन्टरपोलसँगकै सहकार्यमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

रद्द भएको पासपोर्ट प्रयोग भएकाले पक्राउ परेकी चिनियाँ महिलाविरुद्ध कारबाही अघि बढाइएको अध्यागमन विभागका निर्देशक कोषहरि निरौलाले बताए। स्रोतका अनुसार उनलाई लिन चिनियाँ प्रहरीको टोली काठमाडौं आएको छ। उनी ठूलो वित्तीय अपराधमा संलग्न भएको स्रोत बताउँछ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...