लालबाबु पण्डितलाई ठाडै चुनौती,सरकारी कार्यालय भित्रै चल्छ २० रुपैंया प्वाइन्ट म्यारिजको खाल(हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

तपाई केही महत्वपूर्ण काम लिएर सिचाँइ विभागतिर छिर्दै हुनुहुन्छ ? अनि कर्मचारीहरु टेबुलमा भेटिएनन् ? भेटिन्छन पनि कसरी त्यहाँका कर्मचारीहरु राज्यको तलब भत्ता बुझेर जनताको काममा होइन तासको खालमा रमाइरहेको भेट्न सक्नुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीदेखि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसम्म सुशासनको चर्को कुरा गरिरहेका छन् । अझ केही दिन अगाडि मन्त्री लालबाबु पण्डितले डिल्लीबजार मालपोत कार्यालयमा पुगेर छड्के हानेका थिए । त्यहाँ पुग्दा १५ कर्मचारी अनुपस्थित रहेको भेटिएपछि उनीहरुको हाजिरीमा रातो लगाएको घटना सेलाउन नपाँउदै सिचाई विभागका कर्मचारीहरु भने कार्यालय समयमै सरकारी कार्यालयभित्रै जुवाको खाल जमाएर त्यहाँ रमाउन थालेका छन् ।

सरकारी कार्यालयका कर्मचारीहरु विहान कार्यालय पुग्ने र हाजिर लगाएर दिनभर कार्यालयमा जुवाको खाल जमाउने गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बन्न पुगेको छ ।
यसरी नियम कानुन लत्याउदै सरकारी अड्डाभित्रै जुवाको खाल जमाउने कार्यलय हो सिंचाइ बिभाग । त्यहाँका कर्मचारी विहान ११ बजेदेखि ३ बजेसम्म जुवा खेल्दै गरेको भेटिएको हो ।
त्यहाँ म्यारिजको खाल जम्ने गरेको भेटिएको छ । सरकारी पोशाकमा ठाटिएका उनीहरुले २० रुपैंया प्वाइन्ट म्यारिज खेलेको भेटिएको हो ।

यस अगाडि ववरमहलमा रहेको शहरी विभाग मातहतको भवन डिभिजनमा समेत कार्यालय समयमै कर्मचारीहरु तासको खालमा रमाइरहेको हामीले भिडियो कैद गरेका थियौं । यस्तै विद्युत प्राधिकरणका कर्मचारीहरु समेत कार्यालय समयमा तास खेलिरहेको भिडियो केही समय अगाडि सार्वजानिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...