प्रधानमन्त्री ओलीले प्रचण्डलाई पन्चे र मण्डले भन्दा धन्धुकारी भन्दै यसरी उडाए खिल्ली



हाम्रो इकोनोमि

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राखिएको ब्यानेर माओवादीका कार्यकर्ताले हटाएकोप्रति असन्तुष्टि जनाएका छन् ।

कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा गत बैशाख ९ गते आयोजित एमाले र माओवादी पार्टी एकता संयोजन समितिको संयुक्त कार्यक्रममा मार्क्स र लेनिनको फोटो नराखी ब्यानर तयार गरिएको भन्दै वाइसियलका केहि नेताहरुको अगुवाईमा माओवादी कार्यकर्ताले हटाएका थिए । उनीहरुले ब्यानको विषयमा विवाद झिकेपछि पछि दुई ब्यानर राखेर ढिला गरी कार्यक्रम सुरु गरिएको थियो ।

सोप्रति असन्तुष्टि जनाउँदै उनले पञ्चायतविरुद्ध उफ्रनु र बनाएर राखिएको ब्यानर फालेर उत्रनु बिल्कुल फरक विषय भएको बताए ।

कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी, पुष्पलाल, मदन भण्डारीलगायत सामान्तवाद र पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरेर स्थापित भएको बताउँदै, उनले भने, ‘ यत्रो इतिहास बोकेका व्यक्तिहरु मनमोहन, पुष्पलाल र मदन भण्डारीको फोटो राख्दा नहटाइई भएन । यस्ता केटाकेटीहरुलाई सम्झाउनु पर्छ । बनाएर ब्यानर फालेर उफ्रनु र पञ्चायतको विरुद्ध उफ्रनु फरक कुरा हो । विस्तारै बुझ्दै जानेछन् ।’

उनले पु्ष्पलाल, मनमोहन र मदन भण्डारीलाई कसैले फाल्न खोज्छ भने कम्युनिष्ट आन्दोलन नै नरहने बताए ।

बिहिबार सानेपामा आयोजित पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औं स्मृति सभामा बोल्दै प्रधानमन्त्री ओलीले तत्कालिन अवस्थामै अधिकारीको इच्छा सवल र एकीकृत पार्टी निर्माण गर्ने रहेको भन्दै त्यो अहिले आएर आफूहरुले पूरा गर्ने क्रममा रहेको समेत बताए ।

उनले एकताअघि केहि समस्या देखिएको भएपनि समस्या हल गरेर अघि बढिने बताए ।

सिमेन्ट, पानी, गिट्टी र बालुवाको उदाहरण दिँदै ओलीले सबैको आफ्नै महत्व भएझैं एमाले र माओवादीबीचको एकतामा पनि त्यस्तै भएको बताए ।

‘सिमेन्ट बालुवा, पानी र गिट्टी घोलिएपछि नयाँ चीज बन्छ । त्यसको यसको आफ्नै महत्व पनि हुन्छ’, उनले भने, ‘ तर, मात्राको समस्या आयो भने समस्या पनि आउन सक्छ । मात्रा नमिल्दा नजम्ला कि भन्ने पनि हुन्छ । ’

उनले सिमेन्ट बालुवा, गिट्टी र पानीको उपयुक्त घोलबाट स्तरीय निर्माण सामग्री बनाइएजस्तै पार्टी एकता पनि उपयुक्त मिलान र उपयुक्त जडान गरेर गर्ने बताए ।
सो अवसरमा ओलीले ढाकाराम सापकोटाद्वारा लिखित पुस्तक ‘मनमोहन अधिकारी ः नेपाली राजनीतिका ६ दशक’ नामक पुस्तक समेत विमोचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...