प्रधानमन्त्री ओलीको आदेश पछी ८८ केजी सुन काण्डमा दिपक मल्होत्रा र पूर्व एआईजी कायस्थ खोरमा जाकिदै



हाम्रो इकोनोमि

त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दिपक मल्होत्रा र पूर्व एआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान शुरु गरिन लागेको छ । गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ ।

कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको झण्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए ।

स्रोतका अनुसार मल्होत्राको सुराकीको आधारमा कायस्थले सुन बरामद् गरेका थिए ।

मल्होत्राले सुन भित्र्याईं रहँदा उनको विरोधी समूहबाट आएको अवैध सुन बरामद गर्ने क्रममा कायस्थको खराव नियत बाहिर आएको थियो । कायस्थ एयरपोर्टमा रहँदा मल्होत्राले एकलौटी रुपमा सुन तस्करी गरेको छानविन समिति स्रोत बताउँछ ।

सनम शाक्य हत्या र ३३ किलो सुन काण्डको अनुसन्धान गरिरहेको गृह मन्त्रालयका सह सचिव पौडेलको समितिले अहिले उक्त फाइल खोलेको हो । समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गरेको बुझिएको छ ।

८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको थियो । उनीहरु अझै फरार छन् । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो । प्रधानमन्त्री केपी ओली संग बिशेष सम्बन्ध भएको भनिएका दीपक ओली संगै भारत भ्रमणमा गएका थिए। हिजो सुन समितीले ओली लाई दीपकको धन्धाका बारेमा जानकारी गराए पछी ओलीले उनलाई पनि समात्न आदेश दिएको श्रोतको भनाइ छ।
सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध रहेको समाचार बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस
संसद् बैठक २५ गतेसम्मका लागि स्थगित

     विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकपछि प्रतिनिधिसभा बैठक स्थगित भएको...

भाजपा कार्यालयमा रवि लामिछानेलाई भव्य स्वागत

    भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक...

दरबार हत्याकाण्डको छानविन गर्न ज्ञानेन्द्र शाहीको माग

    राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दरबार हत्याकण्डलाई लिएर...

भाजपा अध्यक्षसँग भेटवार्ता गर्दै रवि लामिछाने

     भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का...