प्रधानमन्त्री ओलीको आदेश पछी ८८ केजी सुन काण्डमा दिपक मल्होत्रा र पूर्व एआईजी कायस्थ खोरमा जाकिदै



हाम्रो इकोनोमि

त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दिपक मल्होत्रा र पूर्व एआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान शुरु गरिन लागेको छ । गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ ।

कायस्थमाथि १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको झण्डै २० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए ।

स्रोतका अनुसार मल्होत्राको सुराकीको आधारमा कायस्थले सुन बरामद् गरेका थिए ।

मल्होत्राले सुन भित्र्याईं रहँदा उनको विरोधी समूहबाट आएको अवैध सुन बरामद गर्ने क्रममा कायस्थको खराव नियत बाहिर आएको थियो । कायस्थ एयरपोर्टमा रहँदा मल्होत्राले एकलौटी रुपमा सुन तस्करी गरेको छानविन समिति स्रोत बताउँछ ।

सनम शाक्य हत्या र ३३ किलो सुन काण्डको अनुसन्धान गरिरहेको गृह मन्त्रालयका सह सचिव पौडेलको समितिले अहिले उक्त फाइल खोलेको हो । समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गरेको बुझिएको छ ।

८८ किलो सुन तस्करीमा चिनियाँ तस्कर याङ वेन विङ र उनका पति पान विई मिङको सँलग्नता रहेको थियो । उनीहरु अझै फरार छन् । उनीहरुको डिजाइनमा भारत तस्करीका लागि तयारी अवस्थामा राखेको सुन विशेष सुराकीका आधारमा महाशाखाको टोलीले बरामद गरेको थियो । प्रधानमन्त्री केपी ओली संग बिशेष सम्बन्ध भएको भनिएका दीपक ओली संगै भारत भ्रमणमा गएका थिए। हिजो सुन समितीले ओली लाई दीपकको धन्धाका बारेमा जानकारी गराए पछी ओलीले उनलाई पनि समात्न आदेश दिएको श्रोतको भनाइ छ।
सुन मालिक चिनियाँ दम्पत्तीको विमल अग्रवाल, विजय अग्रवाल र दिपक मल्होत्रा समूहसँग निकट सम्बन्ध रहेको समाचार बाहिर आएको छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...