३३ किलो सुन तस्करी गर्न सहयोग गर्ने र बयान दिदादिदै भाग्ने डिएसपी फेला परे,नत्थी लगाउने तयारी हुदै



३३ किलो सुन प्रकरणमा अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन्।

राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन्। डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएको थियो। बुधबार गृह मन्त्रालयमा राउतलाई बयानका लागि बोलाइएको थियो। बयान दिँदादिँदै उनी एकाएक सम्पर्कबिहीन भएपछि प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई खोजीका लागि सर्कुलर जारी गरेको थियो।

डिएसपी राउत इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत छन्।

३३ किलो सुन प्रकरणमा मंगलबार समितिले एसपी बिकासराज खनाललाई पक्राउ गरेको थियो। खनाललाई बुधबार विराटनगर लगिएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्