३३ किलो सुन तस्करी गर्न सहयोग गर्ने र बयान दिदादिदै भाग्ने डिएसपी फेला परे,नत्थी लगाउने तयारी हुदै



हाम्रो इकोनोमि

३३ किलो सुन प्रकरणमा अनुसन्धानको क्रममा बयान दिँदादिँदै सम्पर्कबिहीन भएका डिएसपी सञ्जय राउत सम्पर्कमा आएका छन्।

राउत बिहीबार बिहान महानगरीय प्रहरी बृत सिंहदरबारको सम्पर्कमा आएका हुन्। डिएसपी राउतलाई बयानको लागि गृह मन्त्रालयमा बुझाइएको प्रहरी स्रोतले जनाएको छ।

सरकारले गठन गरेको छानबिन समितिको निर्देशनमा सर्कुलर जारी गरिएको थियो। बुधबार गृह मन्त्रालयमा राउतलाई बयानका लागि बोलाइएको थियो। बयान दिँदादिँदै उनी एकाएक सम्पर्कबिहीन भएपछि प्रहरी प्रधान कार्यालयले ७७ जिल्लाका प्रहरी कार्यालयलाई खोजीका लागि सर्कुलर जारी गरेको थियो।

डिएसपी राउत इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत छन्।

३३ किलो सुन प्रकरणमा मंगलबार समितिले एसपी बिकासराज खनाललाई पक्राउ गरेको थियो। खनाललाई बुधबार विराटनगर लगिएको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...