ओली सरकारले एकैपटक ३१ सिडिओको सरुवा, को कहाँ पुगे? (सूचीसहित)



हाम्रो इकोनोमि

सरकारले एकैपटक ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ।

कसलाई कहाँ गरियो सरुवा? हेर्नुस् सूची

ट्याक्सीमा अनलाइन बुकिङको योजना, मिटर बिलिङ अनिवार्य गर्ने तयारी

सरकारले ट्याक्सीहरुलाई पनि अनिवार्य अनलाइन बुकिङ सिस्टममा लैजाने भएको छ । सार्वजनिक यातायातलाई साउन मसान्तसम्म कम्पनीमा जान अनिवार्य गरेलगत्तै ट्याक्सीमा पनि कडाइ गर्न लगिएको हो ।

हाल काठमाडौंमा अनलाइन बुकिङ सिस्टममा चलिरहेका सीमित ट्याक्सीहरुले यात्रु ठग्ने समस्या छैन । तर, अधिकांश ट्याक्सीले आफूखुसी भाडा लिन्छन् ।

 

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले अब ट्याक्सी व्यवसायीलाई पनि अनलाइन सर्भिस बुकिङ सिस्टममा जान अनिवार्य गरिने बताए । उनकाअनुसार यात्रुलाई सरल तथा तोकिएकै भाडामा यात्रा गर्ने वातावरण तयार गर्न ट्याक्सी सेवामा सुधारको योजना बनाइएको हो ।

साथै पहेँलो रंगमा ‘ट्याक्सी’ लेख्न अनिवार्य गरिनेछ । फरक-फरक रंगमा लेखिँदा यात्रु झुक्किने समस्या छ ।

मिटर बिलिङलाई प्रभावकारी बनाउन कडाइ गरिने महानिर्देशक भट्टराईले बताएका छन् । धेरै ट्याक्सीले मिटरमा जान मान्दैनन् । पोशाक तोक्ने र मिटर बिलिङलाई अनिवार्य गर्दै अनलाइन बुकिङ सिस्टम लागू गर्ने विभागले जनाएको छ ।

अहिले ट्याक्सी व्यवसायीहरुको पनि फरक-फरक संघ छन् । अब यातायातसम्वद्ध कुनै संघसंस्था नवीकरण नहुने भएकाले ट्याक्सी व्यवसायीहरुलाई साउनसम्म अनिवार्य रुपमा कम्पनीमा जानुपर्ने अवस्था छ । यही मौकामा मिटर बिलिङ र अनलाइन बुकिङ लागू गर्न सके सफल हुने सरकारको बुझाइ छ ।

यसबारे छलफल गर्न ट्याक्सी ब्यावसायीहरुलाई बिहीबार विभागमा बोलाइएको छ । व्यवसायीसँग अनलाइनमा जाने समयसीमा मागिने भट्टराईले जानकारी दिए ।

अहिले सारथी, इडी क्याब, अनभर लगायत केही निजी कम्पनीले अनलाइन बुकिङको सेवा दिइरहेका छन् । तर, थोरै मात्र ट्याक्सी भएकाले भनेको बेला पाउन मुस्किल छ ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...