कुकुरको दैनिक भत्ता आइजीपीको भन्दा डब्बल, कुकुरले यसरी भन्छ जय नेपाल



अपराध अनुसन्धानमा प्रहरीसँगै खटाइने गरेको कुकुरहरुको बारेमा सर्वसाधरणको मनमा धेरै जिज्ञासाहरु पाइन्छन् ।प्रहरीको अपराध अनुसन्धानमा सहयोगी बनिरहेका यस्ता कुकुरहरु कुन जातका होलान्, कति मूल्यमा किनिएको होला, कसरी तालिम दिइन्छ होला र के–के खान दिइन्छ होला भन्ने खुल्दुली धेरै सर्वसाधरणको मनमा रहेको पाइन्छ । यस्ता कुकुरहरुले हत्या, लागूऔषधलगायतका धेरै प्रकृतिका अपराध अनुसन्धानमा प्रहरी संगठनलाई सहयोग पुर्‍याउँदै आएको छ ।

कुकुरको भत्ता आइजीपीको भन्दा बढी

कुकुरको दैनिक भत्ता ३५० छ । जबकी प्रहरीमा सिपाहीदेखि आइजीपीसम्मको दैनिक रासन भत्ता १७५ रुपैयाँ मात्र हो । कुकुरलाई दिनको दुई पटक मात्रै खाना खुवाइन्छ । तालिम प्राप्त कुकुरलाई दैनिक डग फुड खुवाइन्छ । एउटा कुकुरले दैनिक ६ सय ग्राम खाना खान्छ ।

आड प्रजातिका कुकुर अनुसन्धानमा

नेपाल प्रहरीसँग अहिले ८ प्रजातिका कुकुर छन् । सबै कुकुरको अपराध अनुसन्धानमा छुट्टाछुट्टै विशेषता छ । ल्याफोडर जातको कुकरले प्रायजसो विष्फोटक पदार्थको पहिचान गर्छ भने गेल्डेर रिट्युमरले लागू औषध लुकाएको स्थानको पहिचान गर्छ । यस्तै वेल्जियम सेफर्डले गम्भीर हातहतियार तथा विष्फोटक पदार्थ, डच सेफर्डले हातहतियार विष्फोटक पदार्थको पहिचान, विगलले लागूऔषधकै पहिचान, व्लड हाउन्डले ९६ घण्टासम्मको अपराधीको खोजी, प्रमाण संकलन गर्न सक्ने प्रहरी संगठनले जानकारी दिएको छ ।

यो नै अहिले नेपाल प्रहरीले अमेरिकाबाट ल्याएको सबैभन्दा महँगो कुकुर हो । जसलाई ८ लाख नेपालीमा खरिद गरिएको हो । जर्मन सेफर्डले २४ घण्टाभित्रको अनुसन्धान गहिरो रुपमा गर्न सक्छ भने यसले ९३ घण्टासम्मको अनुसन्धान गर्न सक्छ । यस्तै ककर स्पाइनरले पनि लागूऔषधको पत्ता लगाउने, अपराधीको पहिचान गर्छ ।

कसरी दिइन्छ कुकुरलाई तालिम ?

नेपाल प्रहरीले भारत, थाइल्याण्ड, अमेरिका, मलेसियालगायतका मुलुकबाट कुकर आयात गरेको छ भने कतिपय अवस्थामा नेपालबाटै पनि कुकुर व्यावसायीबाट बच्चा खरिद गरिने नेपाल प्रहरीले जानकारी दिएको छ ।

नेपालबाट ल्याएका कुकुर प्रायः ६ महिनाभित्रका खरिद गरिन्छ । जसलाई प्रहरीले नाम र तालिम आफैं दिन्छ । कुकुरलाई ल्याइसकेपछि सक्षम गराउन प्रहरी जवानदेखि अन्य दर्जालाई दिइन्छ । नियमअनुसार एक कुकुरलाई २ जनाले हेर्ने भनिए पनि हाल एक जना मात्रै रहेको जनाइएको छ । कुकुरलाई तालिम दिनेको आदेश मात्रै कुकुरले मान्छ ।

कुकुरलाई प्रत्येक बिहान खोरबाट निकालेपछि १ घण्टा शारिरीक व्यायाम गराउने प्रहरीले जानकारी गराएको छ ।
बिहानको तालिमपछि कुकुरलाई १० बजे खाना खुवाइन्छ । त्यसपछि २ घण्टा आराम गर्न लगाएर साँझ तालिम दिइन्छ । साँझ तालिम दिइसकेपछि खाना खुवाएर खोरमा राखिन्छ । तालिम गराउँदा सांकेतिक भाषा, कोड, डिकोड कुकुरलाई बुझाइन्छ । यहाँसम्म कि प्रहरीका उच्च अधिकारी आउँदा स्यालुट गर्न आदेश दिए कुकुरले ‘जय नेपाल’ सम्म टक्र्याउने प्रहरी अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्