घरमा कुकुर पाल्नु भएको छ, साबधान खतरनाक हुनसक्छ कुकुरको चटाइः दुवै खुट्टा गुमे, मिर्गौला फेल



हाम्रो इकोनोमि

कुकुरप्रेमीहरुको संख्या नेपालमा अत्यधिक छ । घरको सुरक्षाका लागि कुकुर पाल्ने गरिए पनि कतिपयले शोखको रुपमा पाल्छन् । त्यसैले कुकुरप्रेमीलाई लक्षित गर्दै थरिथरिका नस्लका कुकुर बेच्ने क्लबहरु खुलेका छन् । कतिपय त कुकुरसँगै सुत्ने, खेल्ने पनि गर्दछन् । तर कुकुरसँगको यो घनिष्ठताले मानिसलाई मृत्युको मुखसम्म पुर्‍याउँछ ।यस्तै भएको छ इंग्ल्याण्डको म्यानचेस्टरसिटीस्थित कोर्लटनमा बस्दै आएका डाक्टर जेको नेललाई । करिब डेढ वर्ष पहिले डा. जेको नेल स्पेनियल नस्लको आफ्नो कुकुर हार्वीका साथ खेलिरहेका थिए जब उनले आफ्नो हातमा हल्का चिथोरिएको देखे । उनले त्यसलाई सफा गरे र फेरि काममा लागे ।दुई हप्तासम्म त सबै ठीक थियो तर त्यसपछि उनमा फ्लुको जस्तै लक्षण देखियो । उनलाई थाहा थिएन के भइरहेको छ ।वास्तवमा उनमा कुकुरको र्‍यालबाट सेप्टिसीमिया (सेप्सीस) भएको थियो ।यो एक प्रकारको संक्रमण हो । विश्वमा करिब दुई करोड व्यक्ति सेप्टिसीमियाबाट पीडित हुन्छन् । सेप्टिसीमिया संक्रमण विश्वभरमा हुने मृत्युको एक कारक हो । डा. जेको नेलको रगतमा विष फैलिएको थियो र रोग प्रतिरोधात्मक क्षमता घट्दै गएको थियो । उनको मृत्यु त भएन तर उनी मृत्युको नजिक पुगेका थिए ।

 

एक–एक मिनेटको महत्व

नेललाई म कति हदसम्म बिरामी भएको छु भन्ने कुरा पहिले थाहै भएन । किनकि उनलाई सुरुमा ज्वरो आएको थियो । त्यसैले उनी सुतेर आराम गर्न थाले ।उनले भने, ‘साँझ मेरी श्रीमती घर आइन् उनले मलाई गम्भीर अवस्थामा फेला पारिन् । त्यसपछि इमर्जेन्सी उपचार सेवामा फोन गरिन् । भाग्यबस उनीहरुले मेरो वास्तविक समस्या थाहा पाए र तुरुन्त उपचार सुरु गरे ।’

सेप्टिसीमिया जति छिटो थाहा भयो, विरामी त्यति नै छिटो निको हुन्छ । यस संक्रमणमा एक–एक मिनेटको महत्व हुन्छ । जति ढीलो गरिन्छ, त्यति नै खतरा बढ्दै जान्छ ।नेल भन्छन्, ‘मलाई घरमै एन्टिबायोटिक्स र अत्यावश्यक झोलिलो खानेकुरा दिएका थिए । तर पनि म इमर्जेन्सी रुममा पुग्नासाथ बेहोस भएको थिएँ ।’त्यसपछि उनीलाई पाँच दिनसम्म आईसीयूमा राखियो किनकी उनी कोमामा गएका थिए ।

 

नेलले भने, ‘जब म होसमा आएँ, मैले देखें मेरो शरीर पूरै कालो भइसकेको थियो । रगतको थोपा अजीब तरिकाले जमेका थिए । मेरा तन्तुहरु पनि बिग्रिसकेका थिए ।’नेलको मिर्गौला पनि फेल भइसकेका थिए । उनलाई दुई महिनासम्म डायलाइसिस गर्नुपर्‍यो ।चार महिनासम्म अस्पतालमा बसेर उपचार गर्ने क्रममा उनका दुवै खुट्टा घुँडा मुनिबाट काटेर फाल्नुप¥यो । उनको नाकको माथिल्लो भागसमेत रहेन ।

नेल भन्छन्, ‘मेरा लागि यो निकै मुस्किल समय थियो । सुरुमै थाहा पाएको थिएँ कि मैले मेरा औंला र खुट्टा गुमाउँदै छु भनेर । तर मेरो अनुहार पनि यस्तो होला भनेर मैले अनुमान पनि गरेको थिएन ।’अस्पतालमा उपचार गरेपछि पनि उनलाई खान, हिँडडुल गर्न र सास फेर्न निकै अप्ठेरो भयो । उनका ओंठमा घाउका दाग पनि बाँकी नै रहे ।

प्यारो कुकुरलाई नै मार्नु पर्‍यो

नेलका अनुसार यस क्रममा उनी डिप्रेसनको शिकार भए । तथापि, उनी चल्न थाले । तर जे भयो त्यो उनलाई अझै पनि यकिन हुँदैन ।नेलको अप्ठेरो यत्तिमै सीमित हुँदैन । निकै समस्या भोगेपछि पनि अर्को एउटा अप्ठेरो निर्णय लिनुपर्‍यो उनले । उनले आफ्नो प्यारो कुकुर हर्वीलाई मार्नुपर्‍यो ताकि अरु कसैलाई यस्तो संक्रमण नहोस् भनेर ।अब नेलको अवस्था धेरै सुधारिएको छ । उनी कार चलाउन सक्छन् । अस्पतालले उनलार्इ कृत्रिम नाक दिएको छ तर उनी त्यसलाई लगाउँदैनन् । उनी भन्छन्, मलाई जे भयो त्यो अरु कसैसँग लुकाउन चाहँदिनँ ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...