बिरामी बिदामा बसेका उपसचिव आइएनजिओको जागिर खाने कोही तरुनी भेट्न धाउने गरेको यस्तो पोल खुल्यो



नेपाल सरकारका उपसचिवहरु बिरामी बिदामा बसेर अन्य काम गरिरहेको तथ्य संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय समक्ष खुलेको छ।
उपसचिव तहका कर्मचारीहरु बिदामा बसेर अन्तरार्ष्ट्रिय गैरसकारी संस्थाकाे जागिरका लागि कोही बंगलादेश पुगेको र कोही राजधानीका कलेजहरुमा अध्यापनको लागि धाइरहेको खुलेको हो।

वर्ष २०७४/७५को दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न मन्त्रालयमा कार्यरत उच्चतहका कर्मचारीलाइ निर्देशन दिँदै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त्यस्ता उपसचिवको सूची आफूसँग आइपुगेको जानकारी दिएका छन्। एक जना उपसचिव प्रेमिका भेट्न विदेश सम्म बिरामी बिदा लिएर पुगेको श्रोतको भनाइ छ।

‘प्रदेश मन्त्रालयको सचिव बनाएर पठाइयो तर केही सचिवहरु बिरामी बिदाको पत्र लेखेर तीन महिनाको लागि आइएनजियोको जागिर गर्न बंगलादेश गएको र केही काठमाडौंकै तीन-चार कलेजमा पढाउन कुदिरहेको तथ्य मसँग अाइपुगेकाे छ’, उनले भने। त्यस्ताे कार्य अाफू र कामप्रतिकाे बेइमानी भएकाे उनले बताए।

सरकारले देशभरका ७ सय ५३ वटा स्थानीय तहका लागि ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने निर्णय गरिसकेकाे छ। सो दरबन्दीमध्ये हाल स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी रिक्त छन्।

स्थानीय तहमा पुगेका कर्मचारी पनि विभिन्न बहाना बनाउँदै त्यहाँबाट अन्यत्र सरुवा हुन खोज्ने प्रवृत्ति बढेको संघीय मामिला मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्