बिरामी बिदामा बसेका उपसचिव आइएनजिओको जागिर खाने कोही तरुनी भेट्न धाउने गरेको यस्तो पोल खुल्यो



नेपाल सरकारका उपसचिवहरु बिरामी बिदामा बसेर अन्य काम गरिरहेको तथ्य संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय समक्ष खुलेको छ।
उपसचिव तहका कर्मचारीहरु बिदामा बसेर अन्तरार्ष्ट्रिय गैरसकारी संस्थाकाे जागिरका लागि कोही बंगलादेश पुगेको र कोही राजधानीका कलेजहरुमा अध्यापनको लागि धाइरहेको खुलेको हो।

वर्ष २०७४/७५को दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न मन्त्रालयमा कार्यरत उच्चतहका कर्मचारीलाइ निर्देशन दिँदै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त्यस्ता उपसचिवको सूची आफूसँग आइपुगेको जानकारी दिएका छन्। एक जना उपसचिव प्रेमिका भेट्न विदेश सम्म बिरामी बिदा लिएर पुगेको श्रोतको भनाइ छ।

‘प्रदेश मन्त्रालयको सचिव बनाएर पठाइयो तर केही सचिवहरु बिरामी बिदाको पत्र लेखेर तीन महिनाको लागि आइएनजियोको जागिर गर्न बंगलादेश गएको र केही काठमाडौंकै तीन-चार कलेजमा पढाउन कुदिरहेको तथ्य मसँग अाइपुगेकाे छ’, उनले भने। त्यस्ताे कार्य अाफू र कामप्रतिकाे बेइमानी भएकाे उनले बताए।

सरकारले देशभरका ७ सय ५३ वटा स्थानीय तहका लागि ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने निर्णय गरिसकेकाे छ। सो दरबन्दीमध्ये हाल स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी रिक्त छन्।

स्थानीय तहमा पुगेका कर्मचारी पनि विभिन्न बहाना बनाउँदै त्यहाँबाट अन्यत्र सरुवा हुन खोज्ने प्रवृत्ति बढेको संघीय मामिला मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा जसले बढी मत ल्याउँछ त्यसले ५ वर्ष सरकार चलाउँछ : गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले राजनीतिक स्थायित्वका लागि संविधान संशोधन

भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता

    नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी कारवाहीमा परेका भीम रावललाई

१० विमानस्थलमा रात्रिकालीन उडान हुने

    नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ । नेपाल

राजनीतिमा नफर्कन पूर्वराष्ट्रपतिलाई विश्वप्रकाशको सुझाव

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा नफर्कन सुझाव