बिरामी बिदामा बसेका उपसचिव आइएनजिओको जागिर खाने कोही तरुनी भेट्न धाउने गरेको यस्तो पोल खुल्यो



हाम्रो इकोनोमि

नेपाल सरकारका उपसचिवहरु बिरामी बिदामा बसेर अन्य काम गरिरहेको तथ्य संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालय समक्ष खुलेको छ।
उपसचिव तहका कर्मचारीहरु बिदामा बसेर अन्तरार्ष्ट्रिय गैरसकारी संस्थाकाे जागिरका लागि कोही बंगलादेश पुगेको र कोही राजधानीका कलेजहरुमा अध्यापनको लागि धाइरहेको खुलेको हो।

वर्ष २०७४/७५को दोस्रो चौमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा विभिन्न मन्त्रालयमा कार्यरत उच्चतहका कर्मचारीलाइ निर्देशन दिँदै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले त्यस्ता उपसचिवको सूची आफूसँग आइपुगेको जानकारी दिएका छन्। एक जना उपसचिव प्रेमिका भेट्न विदेश सम्म बिरामी बिदा लिएर पुगेको श्रोतको भनाइ छ।

‘प्रदेश मन्त्रालयको सचिव बनाएर पठाइयो तर केही सचिवहरु बिरामी बिदाको पत्र लेखेर तीन महिनाको लागि आइएनजियोको जागिर गर्न बंगलादेश गएको र केही काठमाडौंकै तीन-चार कलेजमा पढाउन कुदिरहेको तथ्य मसँग अाइपुगेकाे छ’, उनले भने। त्यस्ताे कार्य अाफू र कामप्रतिकाे बेइमानी भएकाे उनले बताए।

सरकारले देशभरका ७ सय ५३ वटा स्थानीय तहका लागि ५७ हजार ३ सय ५४ कर्मचारी पठाउने निर्णय गरिसकेकाे छ। सो दरबन्दीमध्ये हाल स्थानीय तहमा ३७ हजारभन्दा बढी कर्मचारी रिक्त छन्।

स्थानीय तहमा पुगेका कर्मचारी पनि विभिन्न बहाना बनाउँदै त्यहाँबाट अन्यत्र सरुवा हुन खोज्ने प्रवृत्ति बढेको संघीय मामिला मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
एकजनाले चमत्कार गर्छ भन्ने कुरा मा मान्दिनँ : गगन थापा

  नेपाली कांग्रेसका सभापति गगन थापाले एक जना व्यक्तिले देशमा चमत्कार गर्नसक्छ भन्ने...

निर्वाचन प्रहरी आजदेखि फिल्डमा

     आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि...

क्यानडामा विद्यालय र घरमा अन्धाधुन्ध गोली प्रहार

    क्यानडामा भएको भीषण सामूहिक गोलीकाण्डमा कम्तीमा नौ जनाको ज्यान गएको छ...

किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...