१४ किलो सुन तस्करीमा प्रचण्डको पनि मुछियो नाम,गोल्ड डन गोरेका मित प्रचण्डका दाहिना



हाम्रो इकोनोमि

प्रहरीले १४ किलो अवैध सुनकाण्डमा मुछिएका चिनियाँ नागरिक जेजोहोङलाई पक्राउ गरेको छ । फरार अभियुक्तको रुपमा रहेकी उनलाई प्रहरीले चीनबाट नेपाल आउने क्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

प्रहरीले २०७४ भदौ १४ गते काठमाडौंको सामाखुसी डेरा गरी बस्ने सिन्धुपाल्चोकका पेम्बादोर्जे शेर्पाको कोठाबाट १४ किलो सुन बरामद गरेको थियो । प्रहरीले जोजोहोङलाई सो घटनाका मुख्य अभियुक्तका रुपमा किटान गरेको छ । सो काण्डमा संलग्न भएको आरोपमा प्रहरीले धनुषाबाट भदौमा ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

चिनियाँ नागरिक जोजोहोङ भने उक्त सुनकाण्डका मुख्य अभियुक्त रहेको भन्दै प्रहरीले खोजीको सूचीमा राखेको थियो । पक्राउ गरिएलगत्तै उनलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसनधान भैरहेको प्रहरीले जनाएको छ ।

जोजोहोङ प्रायः नेपाल आइरहने र चीनबाट अवैध रुपमा सुन कारोबार गर्ने गरेको प्रहरीले दाबी गरेको छ । उनले नेपालमा राजकुमार पौडेलसँग सम्पर्कमा रहेर सुन कारोबार गर्ने गरेको समेत प्रहरीको दाबी छ । पौडेल सिन्धुपाल्चोकको एउटा गाउपालिकाका अध्यक्ष समेत हुन्। प्रचण्ड संग निकट मानिने उनी ३३ किलो सुन तस्करी गर्ने गोरेका मित समेत भएको श्रोत को भनाइ छ।

प्रतिक्रिया दिनुहोस
देशको परिस्थिति सहज छैन : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति...

अब प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिने कि नदिने : एमाले

    प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) ले सुनसरी घटनाको नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री...

चितवनमा देशकै ठूलो इन्धन भण्डारण गृह निर्माण सुरु

     इन्धन आपूर्तिको दीर्घकालीन सुरक्षा र भण्डारण क्षमता बढाउने रणनीतिक योजना अन्तर्गत...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...